अर्थमन्त्रीको डेढ करोड नगद र ५० आना जग्गा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको डलर र नेपाली रुपैयाँ गरी १ करोड ५५ लाख रुपैयाँ नगद सम्पत्ति रहेको छ । मन्त्री खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ६२ हजार ७०३ डलर र बाँकी नेपाली रुपैयाँ रहेको उनले उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघको सेवा र सोको ब्याजबाट भएको आम्दानीबाट यो रकम प्राप्त गरेको उनले उल्लेख गरेका छन् । उनले नेपाल राष्ट्र बैंकको सेवा, परामर्श सेवा, घरायसी वचतको ब्याजबाट आम्दानी गरेको बताएका छन् । यस बाहेक उनले सावल सहकारीमा ५ लाख रुपैयाँ सेयर लगानी रहेको जानकारी दिएका छन् । यस्तै उनको स्वामित्वमा ३६ लाख रुपैयाँको कार रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले आफ्नाे र श्रीमती कमला खतिवडाको नाममा काठमाडौं, भक्तपुर र झापामा गरी झण्डै ५० आना जग्गा रहेको बताएका छन् । यस्तै १० तोला सुन र १ किलो चाँदी रहेको उनले बताए ।
गृहमन्त्री रामबहादुर थापासँग ६ तोला सुन
काठमाडौं । गृहमन्त्री राम बहादुर थापासँग ६ तोला सुन रहेको देखिएको छ । मन्त्री परिषदको कार्यलयले निकालेको मन्त्रीहरुको सम्पत्ति विवरण थापाको ६ तोला सुन रहेको देखिएको हो । थप सम्पत्तिको विवरण यहाँबाट हेर्न सकिन्छ
लालबाबु पण्डितको सम्पत्ति: एक थान साइकलसहित २५ लाख बैंक ब्यालेन्स
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको एक थान साइकल सहित २५ लाख बैंक ब्यालेन्स रहेको छ । प्रधानमन्त्री कार्यालयले निकालेको सम्पती विवरणमा पण्डितको मोरङमा घर सहित २५ लाख बैंक ब्यालेन्स देखिएको हाे । सबै मन्त्रीको सम्पती विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
नेपाल बैंकको एफपीओ प्रतिकित्ता २८० मा आउने, होला त बिक्री ?
काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) प्रतिकित्ता २८० रुपैयाँ आउने भएको छ । मर्चेन्ट बैंकरहरुको दबावमा नेपाल बैंकले एफपीओको मूल्य घटाएर प्रतिकित्ता २८० रुपैयाँमा ल्याउन लागेको हो । मर्चेन्ट बैंकरहरु मिलेर प्रतिकित्ता २८० रुपैयाँमा मात्र एफपीको प्रत्याभूति (अण्डरराइटिङ) का लागि प्रस्ताव पेश गरेका छन् । सीबीआईएल क्यापिटल लिमिटेडले मात्र एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ प्रस्ताव गरेको थियो । मर्चेन्ट वैंकरले एफपीओको दरमा वार्गेनिङ गरेपछि बैंक पछि हटेको हो । बैंकको मूल्याँकनअनुसार एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ थियो । सो दरमा अण्डरराइटिङ नगर्ने भएपछि बैंकले बिहीबार पुनः दोस्रो पत्र पठाइ उनीहरुसंग नयाँ दररेट मागेको थियो । मंगलबारसम्म १० वटा मर्चेन्ट बैंकर मिलेर एफपीको अण्डरराइटिङका लागि प्रतिकित्ता २८० रुपैयाँ प्रस्ताव गरेपछि स्वीकार गरेको बैंक स्रोतले बतायो । सञ्चालक समितिबाट पारित भएपछि बैंक एफपीओ निष्कासनका अनुमतिका लागि धितोपत्र बोर्डमा जाने छ । बोर्डले पनि प्रतिकित्ता ३१० रुपैयाँमा एफपीओ ल्याउन सहमति दिएको थियो । धितोपत्र बोर्डले निर्धारण गरेकोे बैंकको पुँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको बजार मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य समेतलाई आधार मान्दा बैंकको एफपीओको मूल्य प्रतिकित्ता ३१० निर्धारण गरिएको थियो । धितोपत्र बोर्डले १०० प्रतिशत अण्डरराइटिङ गर्न भनेपछि बैंकले मर्चेन्ट बैंकसंग प्रस्ताव मागेको थियो । साधारण सेयर (आईपीओ) को ५० प्रतिशत मात्र अण्डरराइटिङ गरे पुग्छ । तर एफपीओको भने सीमा तोकिएको छैन् । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले १ कराेड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।। एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, एक लाखसम्मको राजश्व भुक्तानी गर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)बीच कनेक्ट आईपीएस प्रणालीको संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीसँगको सहकार्यमा बैंकले १ लाख रुपैयाँसम्मको राजश्व भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ । सम्झौता अन्तर्गत यस बैंकमा खाता रहेका ग्राहकहरुले छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा आफ्नो खाताबाट ई-पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् । सो सुबिधा उपयोग गर्न बैंकका ग्राहकहरुले एक पटकका लागि आफ्नो खाता नं. एनसीएचएल को ई-पेमेन्ट सम्बन्धी वेबसाइटमा दर्ता गराई सो को फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्नेछ । फारम रुजु भए पश्चात १ लाख रुपैयाँसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको पेजमा लगइन गरी राजश्व भुक्तानी गर्न सकिनेछ । कम्पनीका अनुसार सो सम्बन्धी विस्तृत विवरण एनसीएचएलको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणाली अन्तर्गत यस्ता सुविधाहरुलाई भविष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ । हाल बैंकले २१६ शाखा कार्यालयहरु, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्राथमिकता विहीन दस्तावेज : मीनेन्द्र रिजाल
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई प्राथमिकता विहीन दस्तावेजन भनेको छ । आगामी वर्षको योजना भन्दा पनि दीर्धकालिन योजना ल्याएको आरोप काँग्रेसको छ । काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सुन्दा कर्णप्रिय भएपनि ठोस कार्यक्रम विना नीति आएको आरोप लगाए । उनले नीति कार्यक्रमको बुँदागत रुपमा विश्लेषण गर्दै नीति तथा कार्यक्रम प्राथमिकता विहीन दस्तावेजको रुपमा आएको उनले दावी गरे ।व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रमको छलफल कार्यक्रममा आफनो धारणा राख्दै डा.रिजालले सरकारको कार्यक्रमले लक्ष्य प्राप्त हुन नसक्ने दावी गरे । बलियो राजनीतिक जग बनिसकेको, स्थिर र बलियो सरकार भएपनि नीति तथा कार्यक्रम धेरै कमजोर रहेको र कार्यान्वयन नहुने उनले ठोकुवा गरे । नीति तथा कार्यक्रमको बुँदा नम्बर १६, २१, २५ र ३५ नम्बरले भन्न खोजेको कुरा स्पष्ट पार्न नसकेको उनको जिकिर छ । ५ वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर गर्ने योनजा राम्रो भएपनि यसलाई पुरा हुने गरी कार्यक्रम आउन नसकेको उनको तर्क थियो । सिंचाइ विस्तार गर्छु भनेको छ ठोस कायक्रम नभएको उनले ठोकुवा गरे ।
काम नगर्ने १८ ठेकेदार पक्राउ पर्ने डरले सिडियो कार्यालयमा
काठमाडौं । काठमाडौंमा समयमै काम नसक्ने १८ ठेकेदार सिडियो कार्यालय पुगेका छन् । सरकारले काम नसक्ने ठेकेदारलाई पक्राउ गर्ने चेतावनी दिएपछि कामको विवरण बोकेर १८ ठेकेदार सिडियो कार्यालय पुगेका हन् । १८ आयोजनाको काम प्रगती विवरण आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । ‘अहिलेसम्म १८ आयोजनाको काम प्रगती विवरण आइसकेको छ, बेलुकी ३ बजेसम्म २४ वटै आयोजनाको विवरण आउनेछ, त्यसपछि कार्य प्रगतिको मुल्यांकन गरी कारबाही प्रक्रिया अघि बढाउछौं,’ घिमिरेले विकासन्युजसँग भने । उनले सडक, खानेपानी लगायतका आयोजना प्रमुखको नाम, ठेगाना, नम्बरसहित कामको प्रगती विवरण आएको जानकारी दिए । यसअघि काठमाडौंमा विभिन्न आयोजनाको काम गरिरहेका २४ ठेकेदारलाई कार्यालयले अत्यन्त जरुरी पत्र काटिको थियो । कार्यालयले सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसहितलाई पत्र पठाएको थियो । गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौँ कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो । निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फार्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको हो । यो पनि हेर्नुहोस समयमै काम नसक्ने काठमाडौंका २४ ठेकेदारलाई अत्यन्त जरुरीपत्र, ३ दिनमा विवरण नआए पक्राउ गर्ने ठेकेदारका नेतालाई गृहमन्त्रीका प्रश्नः काम गर्ने कि जेल जाने ?
प्राथमिक पुँजी धेरै हुनेमा कृषि विकास र कम हुनेमा एनसीसी बैंक, हेर्नुस कसको कति
काठमाडौं । सरकार स्वामित्वको कृषि विकास बैंकको सबैभन्दा बढी प्राथमिक पुँजी (कोर क्यापिटल) रहेको छ । कृषि विकासको २३ अर्ब १३ करोड ४० लाख रुपैयाँ प्राथमिक पुँजी रहेको छ । सबैभन्दा कम प्राथमिक पुँजी हुनेमा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक रहेको छ । एनसीसीको प्राथमिक पुँजी ७ अर्ब ४९ करोड ९० लाख रुपैयाँ छ । एनसीसीले न्युनतम चुक्तापुँजी पुर्याउन नसक्दा सबैभन्दा कम देखिएको हो । निजी क्षेत्रको सबैभन्दा बढी प्राथमिक पुँजी हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । नेपाल इन्भेष्टमेन्टको २० अर्ब ९ करोड, नविल बैंकको १६ अर्ब १३ करोड, एभरेष्ट बैंकको १३ अर्ब ७२ करोड, नेपाल बैंकको १३ अर्ब ८२ करोड र राष्ट्रिय वाणिज्य बैंकको १२ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यसैगरी स्ट्याण्डर्ड चाटर्ड बैंकको १२ अर्ब ६२ करोड, हिमालयन बैंकको १२ अर्ब ९६ करोड रुपैयाँ छ । ग्लोबल आईएमई बैंकको ११ अर्ब ८४ करोड, नेपाल एसबीआई बैंकको ११ अर्ब ७८ करोड, एनएमबी बैंकको ११ अर्ब ७४ करोड, सिद्धार्थ बैंकको ११ अर्ब, बैंक अफ काठमाण्डुको ११ अर्ब १५ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । एनआईसी एसिया बैंकको १० अर्ब ६७ करोड, नेपाल बंगलादेश बैंकको १० अर्ब ९२ करोड रुपैयाँ प्राइम कमर्शियल बैंकको १० अर्ब ५६ करोड, सनराइज बैंकको १० अर्ब १८ करोड, माछापुच्छ्रे बैंकको ९ अर्ब ७० करोड, कुमारी बैंकको ८ अर्ब ९७ करोड, लक्ष्मी बैंकको ९ अर्ब ९४ करोड, सिटिजन्स बैंकको १० अर्ब, प्रभु बैंकको १० अर्ब ४० करोड रुपैयाँ छ । यसैगरी मेगा बैंकको ९ अर्ब ९ करोड, सिभिल बैंकको ८ अर्ब ७१ करोड, सेञ्चुरी कमर्शियल बैंकको ९ अर्ब २१ करोड र सानिमाको ९ अर्ब ५३ करोड रुपैयाँ छ । चुक्तापुँजी, संचितकोष ९रिजर्भ० प्रस्तावित बोनस सेयर, सेयर प्रिमियम, साधारण जगेडा कोष, संचित नाफा–नोक्सान, पुँजी समायोजन कोष र अन्य स्वतन्त्र कोष जोडेर प्राथमिक पुँजीको गणना गरिन्छ । प्राथमिक पुँजी ८ अर्ब रुपैयाँ पुग्नेले विदेशी बैंक तथा वित्तीय संस्थाबाट बढीमा २ अर्ब रुपैयाँसम्म परिवत्र्य मुद्रामा लगानी ल्याउन पाउने छन् । २८ वाणिज्य बैंकको प्राथमिक पुँजी ३ खर्ब २७ अर्ब ७२ करोड रुपैयाँ छ । वाणिज्य बैंकहरुले विदेशबाट ७८ अर्ब रुपैयाँ बराबर विदेशबाट ऋण लिन पाउने छन् ।