कारोबार रकम बढ्ने क्रम जारी, मंगलबार ५३ करोडको सेयर किनबेच
काठमाडौं । केही दिनयता सेयर बजारमा कारोबार रकम बढ्ने क्रम जारी रहेकाे छ । नेपाल धितोपत्र बोर्डले केवाईसीमा कडाई गरेपछि एक्कासी घटेको कारोबार रकम पुनः सुधारतर्फ लागेको छ । मंगलबारको सेयर बजारमा ५३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । अघिल्लो दिनको बजारमा कुल ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल १६० कम्पनीको कारोबार भएको बजारमा १० लाख ४७ हजार कित्ता सेयर बिक्री भएका छन् । कारोबार संख्या र रकम दुबैको आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ३ लाख ८५ हजार कित्ता प्रमोटर सेयर २२ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । अन्ततः मंगलबारको बजार ४.३१ अंकले घटेर १३३२.८२ अंकमा झरेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक २४ अंकले घटेको छ । उत्पादनमूलक, माइक्रोफाइनान्स र होटल समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।
२८ वाणिज्य बैंकले कृषि तथा ऊर्जामा गरे ४५४ अर्ब लगानी, सबैभन्दा बढी एनएमबीको
काठमाडौं । वाणिज्य बैंकहरुले कृषि तथा जलस्रोतमा कुल कर्जाको २२.६७ प्रतिशत लगानी गरेका छन् । गत चैत अन्तसम्म २८ वाणिज्य बैंकले कृषि तथा ऊर्जामा गरी ४ खर्ब ५४ अर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले कृषि तथा ऊर्जामा न्युनतम् २५ प्रतिशत लगानी गर्नुपर्ने वाध्यकारी व्यवस्था ल्याएपछि बैंकको लगानी यस क्षेत्रमा बढेको हो । यद्यपी तोकिएको लक्ष्यमा अधिकांश बैंक पुग्न सकेका छैनन् । हालसम्म २८ वाणिज्य बैंकले २० खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सरकारी स्वामित्वका कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको औसत २५.५४ प्रतिशत कर्जा लगानी गरेका छन् । कृषि तथा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी गर्नेमा एनएमबी बैंकको रहेको छ । एनएमबीले कुल कर्जाको ३९.३४ प्रतिशत लगानी गरेको छ । एनएमबीले केन्द्रीय बैंकले तोकेको भन्दा झण्डै २० प्रतिशत लगानी गरेको छ । यसपछि बढी लगानी गर्नेमा सरकार स्वामित्वको कृषि विकास बैंक रहेको छ । बैंकले कुल कर्जाको ३५.११ प्रतिशत लगानी गरेको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको २९.८७, सनराइज बैंकको २९ प्रतिशत, हिमालयन बैंकको २७ प्रतिशत छ । सबैभन्दा कम लगानी गर्नेमा नेपाल बंगलादेश बैंक रहेको छ । नेपाल बंगलादेशको ०.२९ प्रतिशत मात्र रहेको केन्द्रीय बैंकले जनाएको छ । सरकार स्वामित्वको नेपाल बैंकको २१.५ र राष्ट्रिय वाणिज्यको २० प्रतिशत लगानी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । नविल बैंकको २४.३३, स्ट्याण्डर्ड चाटर्ड बैंकको १४.६९, मेगा बैंकको २५.३३ प्रतिशत रहेको छ । बैंकले राष्ट्र बैंकले तोकेको प्राथमिक क्षेत्रमा ३५ प्रतिशत कर्जा लगानी गरेका छन् । गत चैतसम्म २८ वाणिज्य बैंकले ७ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उत्पादनमुलक भन्नाले उद्योग, साना तथा घरेलु उद्योग, पर्यटन, कृषि र ऊर्जा लगायत छन् । कुन बैंकको कति लगानी ?
मन्त्री महासेठले भने-सिन्डिकेट हटाएको जस लिने मन्त्री हुन्छ कि विभाग प्रमुख ?
काठमाडौं । यातायात मन्त्री रघुविर महासेठले सिन्डकेट हटाउने जस विभाग प्रमुखले लिने हो कि मन्त्रीले भनी प्रश्न गरेका छन् । सरकारको निति तथा कार्यक्रमबारे रिपोटर्स क्लबमा बोल्दै मन्त्री महासेठले सिन्डिकेट हटाउन निर्देशन दिने म जस लिने अरु हुन सक्छ भनि प्रश्न गरेका हुन् । उनले सिन्डिकेट हटाउने कुरा ठुलो नभएको बताउदै यातायात क्षेत्र व्यवस्थित गर्नुपर्ने बताए । महासेठले भने रुपनारायण जीले सिन्डिकेट हटाउन सहयोग गरे, अहिले मन्त्रालयमा आवश्यक भएकोले केहि दिनको लागि बोलाएको हुँ, उनको अर्को मन्त्रालयमा सरुवा भएको छैन । सबै प्रकारको सिन्डिकेट हटाउने नेपाल सरकारको निति रहेको र यो कुनै विभागले चाहेर नभएको उनले बताए । स्मार्ट लाइसेन्स लगायत सबै यातायात सेवा तथासुविधालाई आधुनिकरण गर्नुपर्नेमा उनको जोड थियो । उनले थपे -‘५ वर्षभित्र सरकारले रेल मार्ग र सबै स्थानिय तहमा सडक पहुँच पुग्छ, भित्री तराइका सबै जिल्ला हुलाकी राजमार्गले जोडिनेछ ।’
सांसद दवाडीको पहिलो तलब शिक्षा क्षेत्रमा खर्च
काठमाडौं । प्रदेश नं ४ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएवापत पाउने सेवा सुविधा शिक्षा क्षेत्रमा खर्च गरेका छन् । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडीले आफु निर्वाचित भएपछि पाउने सेवा सुविधा निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका थिए । उनले सिरानचोक गाउँपालिका वडा नं ७ मा अवस्थित जनकल्याण माध्यामिक विद्यालय नाथकोटमा ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट आएको ब्याजले गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक, कपि, कलम वितरण गरिने सांसद दवाडीले बताए । लामो समयदेखि समाजसेवीको भूमिकामा गोरखामा काम गरेका उनी विसं २०७४ मंसीरमा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित सांसद हुन् ।
गण्डकी विकास बैंकको बोनस पछिको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार गण्डकी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १९.३१०६ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २८० रुपैयाँ रहेको थियो ।
सुन तस्करीका नाइके गोरेलाई आजै जिल्ला अदालत मोरङमा उपस्थित गराइदै, उच्च प्रहरी अधिकारी र नेता पर्ने संभावना
काठमाडौं । सुन तस्करीका प्रमुख नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई आजै मोरङ जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । गोरेलाई प्रहरी आज राजधानीको गौरीघाटस्थित एक होटलबाट पक्राउ गरेको हो । आजै अदालतमा उपस्थित गराएर छानविन थालिने छानविन समितिका संयोजक ईश्वरी पौडेलले जानकारी दिए । उनले गोरे ३ दिन अघि भारतबाट काठमाडौं आएका थिए । जेरी जस्तै जेलिएको यो काण्डमा उच्च प्रहरी अधिकारीका साथै नेता पनि पर्ने संभावना छ ।
ग्लोबल आइएमई बैंकको कैलालीको मुनुवामा शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि कैलालीको जानकी गाउँपालिका ४, मुनुवामा ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । शाखारहित बैकिङ्ग सेवाको एक विशेष समारोहकाबीच जानकी गाउँपालिका प्रमुख प्रदिपकुमार चौधरी र ग्लोबलका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा समुद्घाटन गरेका छन् । सो सेवाको लागि स्थानीय अनुपकुमार रावतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । ग्लोबलले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर, ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
३८ क्वीन्टल सुन तस्करीका प्रमुख नाइके गोरे पक्राउ
काठमाडौं । नेपाल प्रहरीले सुन तस्करीका प्रमुख नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि गोरेलाई अहिले साढे १२ बजे गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउने भएको छ । गोरेलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन ।