नेशनल लाईफ इन्स्योरेन्सले आधारभूत सेयरधनीलाई हकप्रद रकम जम्मा गर्न भन्यो, कालो सुचीमा परेकाले नपाउने
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक तथा आधारभूत सेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न भनेको छ । कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनलाई हकप्रद वापतको रकम ३५ दिनभित्र जम्मा गर्न भनेको हो । नेशनलले एनआईबीएल एस क्यापिटलको पुतलीसडक शाखामा रहेको खातामा हकप्रद सेयर वापतको रकम जम्मा गर्न भनेको हो । कालो सुचीमा परेका आधारभूत सेयरधनीले हकप्रद खरिद गर्न नपाउने कम्पनीले जनाएको छ । बोर्डले गत शुक्रबार चुक्तापूँजी बढाउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको होे । कम्पनीले ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत निष्काशन गर्ने भएको छ ।हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ ।
शुभम् पावरको आईपीओ जेठ २० देखि, १००० हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । शुभम पावर लिमिटेडले जेठ २० गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म दरखास्त दिन पाइने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म तोकिएको छ । कम्पनीले प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । २० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणलाईै निष्कासन गरेपछि कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्ने छ । संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत लगानी हुने छ । आईपीओबाट ६ करोड र संस्थापकको १४ करोड रुपैयाँ स्वामित्व रहने छ । कम्पनीले हाल ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ । आयोजना बनाउन १४ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।
सिरहामा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आठाैं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि उक्त बैंकिङ सेवा सञ्चालन गरेको हो । बैंकको अनुसार शाखा आइतबारदेखि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको उद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डल द्वयले संयुक्त रुपमा गरेका थिए । शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने लागयतयको सुविधा पाउने बताइएको छ । मुलुकभर हाल बैंकले २१६ शाखा कार्यालयहरु, २०३ एटिएम, ७ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।
आर्थिक गणनाका लागि विवरण दिन बैंकलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक गणनाका लागि तथ्याङ उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंकले सोमबार बैक तथा वित्तीय संस्थालाई निर्देशन दिदै आर्थिक गणना संकलन गर्न आउने कर्मचारीलाई विवरण उपलब्ध गराएर सहयोग पुर्याउन भनिएको छ । केन्द्रीय तथ्याँक विभागले विवरण उपलब्ध गराउनका लागि परिपत्र जारी गर्न अनुरोध गरेपछि केन्द्रीय बैंकको यस्तो निर्देशन आएको हो । आर्थिक गणना वैशाख १ देखि जेठ ३१ गतेसम्म हुने छ ।
थापा र शेर्पाले पाए २७ लाख बीमित रकम
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा(युएइ) गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकरकुमार खपाङगीको नेपालमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी श्रीमती रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोको थियो । ती दुबै बीमितको आइबार कम्पनीमा दाबी दर्ता हुन आएकोमा मृतक बीमित शंकरकुमार खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगाकुमारी थापालाई र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन क्रमशं रु १३ लाख र रु १४ लाख रुपैयाँ दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्यले एक समारोहबी च हस्तानतरण गरेका छन् ।
५ करोडसम्मको घर किन्ने/बनाउने योजनामा हुनुहुन्छ ? असार १ गते भृकुटीमण्डप आउनुस्
काठमाडौं । तपाई घरजग्गा किन्न वा बेच्न चाहानु हुन्छ ? तपाईले अझैसम्म उपयुत्त घरजग्गा बेच्न र किन्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईको समस्या समधान गर्न राजधानीको भृकुटीमण्डपमा सातौ घरजग्गा मेलाको आयोजना हुने भएको छ । मेलामा ५ लाखदेखि ५ करोड रुर्पैयाँ सम्मको घरजग्गा किन्न, बेच्न र बनाउन चाहनेलाई लक्षित गर्दै घर जग्गा मेला शुरु हुन लागेको हो। मेलाले आधुनिक घर निर्माण परामर्श दिने छ । मेलामा घर निर्माण कसरी गर्ने ? कुन सामाग्री प्रयोग गर्ने सस्तो घर कसरी निर्माण गर्ने महंगो घर कसरी निर्माण गर्ने लगायत विषयमा परामर्श हुनेछ । घर किन्ने, बेच्ने र बनाउन चाहने सबैलाई मेला महत्वपुर्ण हुने नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले बताए । उनले सरकारले सरकारले जग्गा कित्ताकाटमा रोक लगाएकाप्रति असन्तुस्टी व्यक्त गर्दै उनले प्रश्न गरे अग्ला भवन पनि बनाउन नदिने जग्गा कित्ताकाटमा पनि रोक लगाउने यसरी जनताको आवास सपना कसरी पुरा हुन्छ ? श्रेष्ठले मेलामा हाउजिङदेखि जग्गाका सबै प्रकारका कारोबारमा बैंकको सेवा सुविधाबारे पनि परामर्श हने जानकारी दिए । कार्यक्रममा नेपाल इन्जिनियर एशोसियसनका अध्यक्ष हरिराम श्रेष्ठले नेपाली इन्जिनियरले पनि ठुला बहुतले भवन निर्माण गर्न सक्ने बताए । मेला असार १ देखि ५ सम्म हने आयोजकले जनाएको छ । मेलामा करिब १ लाख जनाले अबलोकन गर्ने अनुमान गरिएको छ ।
थप ५ नयाँ स्थानमा माछापुच्छ्रेले शुरु गर्यो बैंकिङ सेवा
काठमाडौं । मंगलबारदेखि १० नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको माछापुच्छ्रे बैंक लिमिटेडले एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले आइतबारदेखि सुनसरीको धरान उप–महानगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । त्यस्तै बैंकले कञ्चनपुरको वेलडांडी–२ तथा भिमदक्तनगर–८ मा २ नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व रुपैयाँ निक्षेप परिचालन गरी रु. ६२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिएको छ । उक्त शाखाहरु समेत गरी बैंकले मुलुकभर ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ सेवा सञ्चालन गरेको छ । १०० स्थानबाट ग्राहक बैंकिङ सुबिधा प्रदान गरीरहेको बैंकले देशभर ८८ वटा एटीएमहरु सञ्चालनमा ल्याएको बताएकाे छ ।
धनगढीमा गण्डकी विकास बैंकको शाखा उद्घाटन
काठमाडौं । गण्डकी विकास बैकको कैलाली स्थित धनगढी शाखाको औपचारिक उद्घाटन प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहकाबीच गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बैकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए । बैंकले सञ्चानल गरेको उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुनिक बैंकिङ सेवा प्रदान गरिदै आएको छ । गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप रु. २० अर्ब ४३ करोड पुर्याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पुर्याएको बैककाे भनाइ छ । बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेकाे छ ।