कार्यालय सहयोगीको तलब २५ हजार ! बढाउला त ओली सरकारले कर्मचारीको तलब ?
काठमाडौं । तीब्रगतिको आर्थिक विकास र ठुला पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । यीनै महत्वकांक्षा पुरा गराउने प्रमुख हतियारका रुपमा रहेका कर्मचारीहरुको तलब वृद्धि एजेण्डा भने सरकारका लागि पेचिलो बन्दै गएको छ । यतिबेला आधिकारीक कर्मचारी युनियनको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी निकटको छ । त्यसमा पनि पुर्व एमाले निकट कर्मचारीका नेताले आधिकारीक कर्मचारी युनियनको नेतृत्व गरिरहेका छन् । उनीहरु यतिबेला तलब बढाउनुपर्ने मागसहित अर्थमन्त्री, सामान्य प्रशासनमन्त्री र स्वंय प्रधानमन्त्रीलाई दबाव दिईरहेका छन् । ‘हामीले कार्यालय सहयोगीको तलब १५ हजारबाट बढाएर २५ हजार रूपैयाँ पुर्याउन माग गरेका छौं, सोही अनुपातमा सबैको तलब बढ्नुपर्छ, सरकारले लिएको विकास र समृृद्धिको आकांक्षा पुरा गराउने अभियानका प्रमुख अस्त्र कर्मचारीको मनोबल बढाउनुपर्छ’, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदारप्रसाद देवकोटाले भने । उनले सामान्य प्रशासन मन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीलाई तलब वृद्धिका लागि आग्रह गरिसकेको जानकारी पनि दिए । ‘हामीले तलब बढाउन आग्रह गरेर आफ्ना कुरा राखिसकेका छौं, अर्थमन्त्रीले केहि बोल्नु भएको छैन, तलब बढाउने भन्ने कुरा अन्तिम समयमा गरिने हो, समृद्धिको सपना देखेको सरकारले त्यसलाई पुरा गराउने कर्मचारीको माग सम्बोधन गर्ने आश छ’, देवकोटाले भने । आधिकारीक कर्मचारी युनियनका केन्द्रिय सदस्य लेखनाथ कोइरालाले पनि कर्मचारीको तलब बढाउनेबारे आफुहरुले सबैतर्फ पहल गरेको बताए । ‘कानुनले नै प्रत्येक २ बर्षमा कर्मचारीको तलब पुनरावलोकन गर्नुपर्ने उल्लेख छ, आशा छ सरकारले कर्मचारीको तलब बढाउनेछ’, पोखरेलले भने । अर्थमन्त्रालय श्रोतले पनि तलब बढाउन कर्मचारीहरुको ब्यापक दबाव आईरहेको बतायो । ‘यो बर्ष कर्मचारीको तलब पुनरावलोकन गर्नुपर्ने समय पनि हो, समृद्धिका सच्चा वाहक पनि कर्मचारी नै हुन, तर तलब वृद्धिको बिषय अन्तिम दिनमात्रै तय हुँदै आएको छ, यसपाली पनि अन्तिम दिनमा मात्रै तलबबारे निर्णय हुन सक्छ’, अर्थमन्त्रालय उच्च श्रोतले भन्यो । सामान्य प्रशासन मन्त्रालयले पनि तलब बढाउनेबारे कर्मचारीहरुको दबाव आईरहेको स्वीकार गरेको छ । केपी ओलीले अघिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा पनि कर्मचारीको तबल वृद्धि गरेका थिए । त्यसकै प्रभाव स्वरुप आधिकारीक कर्मचारी युनियनको निर्वाचनमा तत्कालिन एमाले निकट कर्मचारी युनियनले देशभर विजय प्राप्त गरेको थियो । यतिबेला भने सिमित श्रोत र अधिक काम गर्नुपर्ने बाध्यतामा सरकार छ । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं आर्थिक सुशासन र मितव्ययीताका पक्षपाती देखिएका छन् । यो सरकारले कर्मचारीलाई मनाएरै आफ्ना लक्ष्यहरु पुरा गराउनु पर्नेछ ।
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने
काठमाडौं । ग्लोबल कीटेक्नोलोजी प्रालिले मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा ल्याएको छ । कम्पनीले समय र पैसाको बचतसंगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य सहित उक्त सेवाको शुरु गरेको हो । ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा शुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा आएको हो । रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले सगरमाथा शिखरमा फहराएका थिए । मगर आईतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाण्डौं फर्किएका छन् । उनलाई रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडर तथा प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरे । नेपालमा ब्राण्डेड अनलाइनशपिंङ हबमा बलियो उपस्थिती जनाउने लक्ष्य सहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो । यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याक पाउनका लागि एप्प्लको एप स्टोर तथा गुगलप्ले स्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी खाता खोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैंया क्यास व्याक पनि पाउने छन् । ‘५ वर्षको रिसर्च पछि तयार पारिएको रिचार्जरको नेपालमा अरु विकल्प छैन भन्ने सन्देश दिनका लागि काम गर्दैछौं ।’ग्लोबल कीटेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । जतिको रिचार्ज त्यति नै क्यास ब्याक दिने पहिलो नेपाली एप्स रिचार्जरमा ब्राण्डेड सामान मात्र उपलब्ध हुनेछन् । रिचार्जरबाट मुभी टिकेट, एयर टिकेट, बस टिकट पाउनुका साथै विभिन्न किसिमका महसुलबार कोड बाट भुक्तानी गर्न सकिन्छ । धेरै वस्तु तथा सेवा पाइने रिचार्जरमा अहिले सम्मकै धेरै पेमेण्ट गेटवे इन्टिग्रेट गर्ने क्रमजारी छ । ई सेवा,आईमी पेलगायतका अधिकांश पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथाक्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ । रिचार्जको शतप्रतिशत क्यास व्याकले सपिंगमा टेवा पुर्याउँछ । ‘रिचार्जरका प्रयोगकर्तालाई शतप्रतिशत क्यास व्याकसँगै हरेक ब्राण्डेड सामान सस्तो मूल्यमा उपलब्ध गराउँने लक्ष्यका साथ काम गर्दैछौं । यसका लागि नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसँग सहकार्य गर्दैछौं ।’ ग्लोबल कीटेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने । ३ बर्ष भित्र नेपालको आन्तरिक व्यापारको २५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको रिचार्जरले डेढ प्रतिशतको मार्जिनमा सेवा उपलब्ध गराउने छ । अहिले परीक्षणका रुपमा सेवा प्रदान गरिरहेको रिचार्जरमा आगामी ६ महिनाभित्र १ हजार ब्राण्ड इन्टिग्रेट भैसक्ने कम्पनीले जनाएको छ ।
सात वर्षपछि फेरी शुरु भयाे मिल्क होलिडे, दैनिक ५० हजार लिटर दुध खेर गयो
काठमाडौं । सात वर्षपछि फेरी मुलुकमा मिल्क होलीडे शुरु भएको छ । भारत लगायतका मुलकबाट दुध पाउडर, बटर बढी मात्रामा भित्रिएपछि स्वदेशी दुध विभिन्न प्रशोधन केन्द्रहरुले लिन छोडेसँगै मिल्क होलिडे शुरु भएको हो । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष नारायणप्रसाद देवकोटाले मिल्क होलीडे इलामदेखि शुरु भएको बताए । उनकोअनुसार अहिले इलामसँगै, चितवन, मेरङ, झापा, तेह्रथुम लगायतको स्थानमा मिल्क होलिडे शुरु भइसकेको छ । ‘विगतमा सिजनमा मिल्क होलिडे हुन्थ्यो,’ उनले भने ‘अहिले पहिलो पटक ड्राइ सिजन (अफसिजन, दुध कम उत्पादन हुने समय) मा मिल्क होलिडेको समस्या भोग्नु परेको छ ।’ याे भन्दा पहिले २०५७/६८ र २०६६/६७ सालमा मिल्क होलिडेको समस्या विकराल रुपमा भोग्नु परेको उनले जानकारी दिए । सहकारी संघले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले अहिले दुध विभिन्न सहकारी दुग्ध प्रसोधन गर्ने सहकारी संस्था तथा दुग्द विकास संस्थान (डीडीसी) दुध लिन भारी रुपमा कटौति गरेपछि दैनिक ५० हजार लिटर दुध बिक्री हुन नसकेको उनको भनाइ छ । सरकारी तथ्याङ्क अनुसार मुलुकमा दैनिक १९ लाख लिटर दुध उत्पादन हुन्छ । सहकारी संस्थाले मात्रै औसतमा ७ लाख लिटर दुध उत्पादन गर्दै आएको छ । यद्यपि नेपाली बजारमा ३/४ लाख दुध अपुग भएको केन्द्रीय दुग्ध सहकारी संघको भनाइ छ ।
नेपाल बङ्गलादेश बैंकको ७०औं शाखा धनकुटामा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ७०औं शाखा धनकुटा जिल्लाको राजारानीमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र चौबिसे गाँउपालिकाका अध्यक्ष खजिन्द्र राईले संयुक्त रुपमा गरेका छन् । हाल बैंकले यस शाखा सहित बैंकले ७० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी, मूल्य २० लाख बढी पर्ने
काठमाडौं । केएल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । यो टिभीको मोटाइ जम्मा ३.६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलईडी टिभीभन्दा निकै राम्रो रहेको छ । साथै, यो टिभीमा जेबीएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यस टिभीको बजार मूल्य २० लाख रुपैयाँ भन्दा माथि पर्ने कम्पनीले जनाएको छ । स्काईवर्थको गुगल एन्ड्रोइड टिभी र मल्टि फङ्सनल टी टेबल पनि पनि सार्वजनिक गरिएको थियो । त्यस्तै, मल्लि फङ्सनल टी टेबल, टेबल मात्र नभई रेफ्रिजेरेटर, साउण्ड बक्स, मोबाइल चार्जिङ् यूनिट जस्ता विविध प्रविधिहरु एउटै टेबल मा उपलब्ध भएको समार्ट टेबल हो । साथै, स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्तर्गत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने कम्पनीले जनाएको छ ।
बीपीसीको २० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड(बीपीसी)को २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । मंगलबार(आज) सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम कम्पनीले आ.ब. २०७३/७४ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको सो मात्राको नगद लाभांश दिने भएको छ । सो सभाले आ.ब. २०७४/७५ को लागि लेखापरीक्षण गर्नका लागि बीआरएस नेउपाने एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ । साथै, नयाँ सेयर निष्काशन पश्चात् सर्वसाधारण सेयरधनीहरुको सेयरको अनुपात अनुसार सर्वसाधारण सेयरधनीको तर्फवाट दुई जना संचालकहरुको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावलीको नियम संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ । यस कम्पनीले हालै चिनिया साझेदारहरु एससीआईजी इन्टरनेशनल लिमिटेड, जिङ्चेण्ड इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड एण्ड ओवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेडसंगको संयुक्त लगानीमा मनाङ जिल्ला स्थित मस्र्याङदी नदीमा ६०० मेगावाटको माथिल्लो मस्र्याङदी-२ जलविद्युत आयोजना तथा २८२ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना विकासको लागि दुबै आयोजनाहरुका आयोजना कम्पनीका सेयरहरु खरिदको सम्झौताहरु सम्पन्न गरी स्वीकृतिको प्रक्रियामा रहेको छ । सो आयोजनाहरुको बीचमा कम्पनीले नै अध्ययन गरेको १४० मेगावाटको लोअर मनाङ मस्र्याङदी आयोजना रहेको छ । उल्लेखित तीनै आयोजनाहरु नदी वेसिन आयोजनाको रुपमा नेपाली बजारलाई लक्षित गरी प्रचलित निर्देशिका बमोजिम क्षमता पुनरावलोकन गरी विकास गर्ने कम्पनीको लक्ष्य रहेकाे छ । त्यसैगरी, इन्फ्राको एसियासंगको संयुक्त लगानीमाहाल ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजनातथा स्थानीय साझेदारसंगको संयुक्त लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । सो दुबै आयोजनाहरुमा कम्पनीको मुख्य लगानी रहेको छ । मनाङ जिल्ला स्थित ८.५ मेगावाटको चिनोखोला साना जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको कार्य भईरहेको छ । हालै कम्पनीले १६० मेगावाटको मुगु कर्णाली आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
नापी कार्यालयका अधिकृत भागवत साह २ लाख ५० हजार घुससहित अीख्तयारको फन्दामा
काठमाडौं । साँखु, काठमाडौंका कार्यालय प्रमुख, नापी अधिकृत भागवत साह भ्रष्ट्राचारको अभियोगमा पक्राउ परेका छन् । अख्तियारको गोकर्णेश्वर नपा वडा नं २ स्थित नयाँपाटीमा रहेको जग्गा कित्ता काट गरिदिएवापत सेवाग्राहीसँग घुस लिने क्रममा साह पक्राउ परेका हुन् । अख्यिारका प्रवक्ता रामेश्वर दंगालका अनुसार कार्यालय सहयोगी खेमराज भण्डारी मार्फत निज नापी अधिकृत भागवत साहलाई २ लाख पचास हजार घुसवापतको रकम लिइसकेको अवस्थामा साह पक्राउ परेका हुन् । अख्तियारको अनुसन्धानको क्रममा साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ० बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो २ लाख पचास हजार कायम गरी विशेस अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनीसँगै सहयोगी भण्डारी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
बैंक र ऋणीबीचको विवाद चुलिँदै, एकै महिना २० मुद्दा दायर, दुई बैंकको उठ्यो १० करोड १५ लाख
काठमाडौं । बैंक र ऋणीहरु बीचको विवाद बढ्दै गएको देखिएको छ । एकै महिना ३ वटा बैंकले ऋणीहरु विरुद्ध २० वटा मुद्दा दायर गरेको हो । मुद्दा दायर गर्नेमा सबैभन्दा धेरै नेपाल क्रेडिड एण्ड कमर्श बैंकले ११ जना ऋणीहरु विरुद्ध मुद्दा दायर गरेको छ । यस्तै, एनआइसी एशिया बैंकले ९ जना, महालक्ष्मी बैंकले २ जना र प्रभु बैंकले २ जना विरुद्ध मुद्दा दायर गरेको हो । पछिल्लो समय ऋण असुली न्यायधिकरणको व्यस्थता लेखा प्रमुख प्रकाश कोइरालाले बताए । बैंकहरुले आधिकारीक धितो बिना नै ऋण दिनाले समस्या बढ्ने गरेको कोइरालाले बताए । उनले भने-‘अहिले ऋणीहरुले धितो लिलामी हुने डरले ऋण तिरिरहेका छन्, केहि बैंकहरुले बढी मुल्याङकन गरी ऋण प्रभाह गर्दा असुलीमा समस्या परिरहेको छ ।’ बैशाख महिनामा मात्रै न्यायाधिकरणले ३ थान मुद्दाको फैसलाबाट किनारा लगाएको छ । न्यायधिकरणले नविल बैंकको २ र हिमालयन बैंकको १ मुद्दा फैसला गरेको हो । यसैगरी, फैसलाबाट नै एनआइसी एशिया बैंकको ८ करोड र एनसीसी बैंकको २ करोड १५ लाख ९८ हजार असुली भएको छ । चालु आर्थिक वर्षमा न्यायधिकरणले ७६ वटा मुद्दाको फैसला गरेको छ । न्यायधिकरणले साउनमा २, भदौमा ३, कात्तिकमा १३, मंसिरमा ७, पुसमा १९, माघमा १०, फागुनमा ९, चैत र बैशाखमा ३ मुद्दाको फैसला गरेको हो । न्यु अनिल टेक्सटाइलले अझै तिरेन एनआइसी एसियाको ९ करोड न्यु अनिल टेक्सटाइल प्रालीले एनआईसी एसिया बैंकको ९ करोड रुपैयाँ कर्जा तिरेको छैन । कर्जा नतिरेपछि न्यायधिकरणले सञ्चालक मधुसुधन अग्रवाल र विनोदकुमार अग्रवाललाई गत चैत ७ गते पक्राउ गरेको थियो । टेक्सटाइललाई न्यायधिकरणले २०७३ माघ १० गते को एनआईसी एशियाको ९ करोड २१ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो । तर १५ महिनासम्म पनि कर्जा नतिरेपछि बैंकले अग्रवालको पक्राउ परेका थिए । पक्राउ परेका टेक्सटाइल प्रालीका सञ्चालकले रकम तिर्न नसक्ने कागज गरिसकेले उनीहरुलाई २०७५ चैत ६ गतेसम्म प्रहरीले थुनामा राख्न सक्ने श्रेस्तेदार कोइरालाले बताए ।