विकासन्युज

अनलाइन सेयर ट्रेडिङको परीक्षण गर्न कम्पनी छान्दै नेप्से, १ महिनाभित्र सुरु गर्ने तयारी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन सेयर ट्रेडिङ प्रणालीको परीक्षण गर्न कम्पनी नियुक्ति गर्न लागेको छ । नेप्सेले वाइको कम्पनीले तयार पारेको अनलाईन सेयर कारोबारको परीक्षण, समस्या समधान र प्रमाणिकरणका लागि नयाँ कम्पनी नियुक्तिको प्रक्रिया अघि बढाएको हो । अनलाइन सेयर कारोबारको प्रविधि प्रयोगकर्ताले सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउनका लागि नयाँ परामर्शदाता नियुक्त गर्न लागेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । उनका अनुसार एक महिनाभित्र परामर्शदाताको चयन गरिने लक्ष्य लिइएको छ । वाइकोले अनलाइन सेयर ट्रेडिङको प्रविधि जडान गरिसकको उनले बताए । साउनदेखि पुर्ण रुपमा सेयर कारोबार अनलाइनमार्फत गराउने नेप्सेको तयारी छ । अनलाइनमार्फत हुने भएपछि लगानीकर्ता सेयर किन्न र बेच्नका लागि ब्रोकर कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ताले सम्बन्धित ब्रोकर कम्पनीमा नगइ घर वा कार्यलयबाट आफनो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद बिक्रीको अर्डर गर्ने सक्ने छन् ।  

डिआरएन इलेक्ट्रोनिक्सको १९ वर्ष, भिसिडीदेखि स्मार्ट कर्प टिभीसम्मको यात्रा, साथमा विश्वकप उपहार याेजना

काठमाडौं । नेपालीकै बलवुताबाट स्थापित डिआरएन इलेक्ट्रोनिक्सले स्थापनाको १९ वर्ष पुरा गरेको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी सफलतापूर्वक १९ वर्ष पार गरेको अवसरमा कम्पनीले एक समारोहको आयोजना गरेको छ । चुनौती र अबसरबीचको १९ वर्ष दुई दशकअघि चिनिया ब्राण्डको दबदबा रहेको सयमा स्वदेशी ब्राण्ड इलेक्ट्रोनिक्स सामानको उत्पादन गरी नेपालीलाई आकर्षण गर्ने उद्देश्यले डिआरएन इलेक्ट्रोनिक्स २०५६ साल असोज १७ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइ सञ्चालनमा आएको हो । ‘शुरुमा हामी पनि चीनसँगको व्यापारमा सहभागी भयौं । चिनियाँ सामान आयात गरेर बिक्री वितरण गर्ने काम थाल्यौं,’ कार्यक्रममा कम्पनीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले भने ‘तर पछि चिनियाँ ब्राण्ड मात्रै ल्याएर सामान बिक्री गर्नुभन्दा आफ्नै ब्राण्ड स्थापना गर्नुपर्ने आवश्यकता ठानी सोही टुङ्गोमा पुगेका थियौं ।’ सोही निर्णय अनुसार कम्पनीले स्वदेशी ब्राण्ड उत्पादन गर्न थालेको हो । स्वदेशी ब्राण्ड स्थापना गर्नमा दुई कारण रहेको उनले प्रष्ट्याए । उनको अनुसार एक स्वदेशी ब्राण्डप्रति नेपालीलाई आकर्षित गर्ने र अर्को सकेसम्म कम मूल्यमा गुणस्तरीय सामान उपभोक्तामाझ पुर्याउने थियो । ‘त्यो बेला चिनियाँ इलेक्ट्रोनिक्स सामानहरुमा वारेन्टी र ग्यारेन्टी थिएन,’ उनले थपे ‘हामीले डिआरएन ब्राण्डका इलेक्ट्रोनिक्स समान उत्पादन गरेर बिक्री गर्न थालेपछि वारेन्टीको व्यवस्था समेत गर्यौं ।’ चिनियाँ सामानको दबदबा भएको बेला नेपाली ब्राण्ड स्थापना गर्नु चानचुने कुरा नभएको अध्यक्ष श्रेष्ठ सम्झन्छन् । ‘त्यसमा पनि चीनमा समान बनाएर आफ्नो ब्राण्डमा बिक्री गर्नु आफैमा चुनौतीपूर्ण थियो,’ उनले थपे ‘विगत सम्झिँदा अहिले आनन्दको अनुभूति हुन्छ । विगतको कठिन परिश्रमको कारणले अहिले डिआरएन आम नेपालीमाझ लोकप्रिय बनेको छ ।’ १९ वर्षअघि डिआरएन शुरु गर्दा कम्पनीले आफ्नो ब्राण्डको विभिन्न मोडलका रेडियोहरु, मिनी क्यासेट प्लेयर वाकमेन र भिसिडी बनाएर बिक्री गरेको अनुभव उनले कार्यक्रममा सुनाए । त्यस समय १० हजार पिस बनाएर ल्याएको भिसिडी एक महिनामै बिक्री भएपछि अन्य इलेक्ट्रोनिक्स ब्राण्ड समेत ल्याउने निधो गरेको उनी सम्झन्छन् । रेडियो, भिसिडीबाट शुरु गरेको उत्पादन बिस्तार गरेर कम्पनीले सिआरटी टेलिभिजन, एलसिडी टेलिभिजन, डिआरएन एलइडी टेलिभिजन हुदै अहिलेसम्ममा स्मार्ट कर्भ टिभी बजारमा ल्याएको छ । टिभीको गुणस्तर, इन्नोभेसन, क्वालिटीमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता कम्पनीको छ । कम्पनीले आफ्नो टेलिभिजन अरु बहुराष्ट्रिय कम्पनीहरुका टिभीभन्दा राम्रो भएको अध्यक्ष श्रेष्ठको दावी छ । त्यस्तै मूल्यका हिसाबले पनि रिजनेवल छ । टेलिभिजन मात्रै नभएर कम्पनिले डिआरएन ब्राण्डका विभिन्न स्पीकर, मल्टिमिडिया, टेलिफोन सेट, इमर्जेन्सी लाइट, पंखा, सिएफएल तथा एलइडी लाइट, टर्च लगायतका उत्पादनहरु गरिरहेका छन् । निकट भविश्यमै कम्पनीले डिआरएन ब्राण्डको राइस कुकर, भ्याकुम क्लिनर, रेफ्रिजिरेटर, हेलोजिन हिटर लगायत बजारमा ल्याउने अध्यक्ष श्रेष्ठले कार्यक्रमको अवसरमा जानकारी दिए । यस्ता छन् विश्वकप लक्षित उपहार योजना कम्पनीले आफ्नो ब्रान्डका स्मार्ट कर्भ टिभी खरिदकर्तालाई विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । डिआरएन इलेक्ट्रोनिक्स स्थापनाको १९ वर्ष पुरा भएको र नजिकिदै गरेको विश्वकप फूटबलको अवसर पारेर बिहीबार नै उक्त योजना सार्वजनिक गरेको हो । कार्यक्रममा कम्पनीका निर्देशक रजनीश श्रेष्ठले कम्पनी १९ वर्ष पूरा गरेको अवसरसँगै रुसमा तीन साताभित्र हुन गाइरहेको विश्वकप फूटबललाई लक्षित गरेर स्मार्ट टिभी खरिदकर्तालाई आकर्षक अफरसहितको विशेष योजना घोषणा गरे । उपहार योजना अनुसार ५५ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआरएनकै २.१ स्पिकर उपहार प्रदान गरिनेछ । ‘उक्त टिभीमा १०० डीग्रीको कोणदेखि हेर्दा पनि पिक्चर क्लीयर देख्न सकिन्छ । साथै एक वर्षको ग्यारेन्टी छ,’ उनले भने । त्यस्तै कम्पनीले ४३ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई –८८८ टेलिफोन सेट, ३९ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १११ टेलिफेन सेट, ३२ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १० पिस ३ वाटको सिएफएल लाइट र साधारण ३२ इन्चको एलइडी टिभी किन्नेलाई १० पिस दुई वाटको एलइडी वल्व दिने घोषणा कम्पनीले गरेको छ । विश्वकप फूटबल–२०१८ डीआरएन टिभीकोसाथमा ग्राहकवर्ग तथा खेलप्रेमीले हेर्ने कम्पनीका निर्देशक श्रेष्ठको विश्वास छ ।

स्वेच्छिक अवकासले बिच्किएका कर्मचारी फकाउन तलब वृद्धिको अस्त्र, दबावमा अर्थमन्त्री खतिवडा

काठमाडौं । बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा कर्मचारीको तलब वृद्धि गर्न अर्थमन्त्री डा. युवराज खतिवडामाथी दबाव बढ्दै गएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र निकटका कर्मचारी यतिबेला नेकपाको एकिकृत छाता मुनी आईपुगेका छन् । कर्मचारीहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेरै तलब बढाउन आग्रह गरेका छन् । उनीहरुले निजामति सेवा ऐनको दफा २८ लाई समातेर आफ्नो दावी पेश गरिरहेका छन् । त्यसो त कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत तलब बढाउने अभियानको लबिङमा सघाउन आग्रह गरिसकेका छन् । ‘यो तलब बढाउनुपर्ने नियमित बर्ष हो, सरकारले ढुकुटी देखाईरहेको छ, हामी आफ्नो अधिकार मागिरहेका छौं, तलब वृद्धिका लागि जे जे गर्नुपर्ने हो सबै गरिरहेका छौं’, आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले भने । उनी तत्कालिन एमाले निकट र हाल नेकपा निकट कर्मचारी हुन् । त्यति मात्रै होइन ढकालको प्रधानमन्त्री केपी ओलीसँग सिधा सम्बन्ध छ । उनले ओलीलाई नै भेटेर स्वेच्छिक अवकास प्रकरणबाट निरास बनेका कर्मचारीलाई तलब वृद्धिको उपहारले मनाउनु पर्ने सुझाव दिएका छन् । देशैभरका करिब दुई तिहाई आधिकारीक कर्मचारी युनियनमा नेकपा निकटका कर्मचारीको बाहुल्यता छ । उनीहरु स्वेच्छिक अवकासको नीति फिर्ता लिएपछि सरकारसँग असन्तुष्ठ रहँदै आएका छन् । समृद्धिको अभियानका असली वाहक भनेकै कर्मचारी हुन् । ओलीले देखेको सपना पुरा गराउने अभियानका सारथी कर्मचारीलाई हात लिनु सरकारका लागि महत्वपुर्ण अवसर हुन सक्छ । त्यसो त अर्थमन्त्री डा. खतिवडा आधिकारीक युनियनका नेताहरुसँगको भेटमा तलब बढाउन नसक्ने स्पष्ट पारेनन् । उनले केबल ढुकुटी सानो भएको मात्रै बताए । ‘तलब बढाउने बिषयमा अर्थमन्त्री पनि सकारात्मक नै हुनुहुन्छ तर ढुकुटी सानो भएको र दायीत्व धेरै भएकाले दुविधामा मात्रै पर्नु भएको हो’, अर्थमन्त्री डा. खतिवडाका स्वकिय सचिव तुल्सिराम मैनालीले भने । तत्कालिन प्रधानमन्त्री केपी ओलीले भूकम्प र नाका बन्दीले थला परेका बेला समेत कर्मचारीको तलब वृद्धि गरिदिएका थिए । यतिबेला मुलुक निर्माणको चरणमा रहेकाले कर्मचारीको मनोभावनालाई बुझ्नेमा कर्मचारी नेताहरु विश्वस्त देखिन्छन् ।  

प्रभु बैंकको सञ्चालकमा शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारी

काठमाडौं । प्रभु बैंकको सञ्चालकमा शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारी नियुक्त भएका छन् । बिहीबार(आज) सम्पन्न कम्पनीको १६औँ वार्षिक साधारणसभाले कालिकोटा र अधिकारीको नियुक्तीलाई अनुमोदन गरेको हो । उक्त सभा बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७३/०७४को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७३/७४ को एकीकृत वित्तीय विवरण पनि पारित गरको छ ।

निजगढ अन्तराष्ट्रिय विमानस्थलको ईआइए टुङगो लाग्यो, ३५ लाख डलर अझै टुङगो लागेन

काठमाडौं ।  बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । वातावरणीय  प्रभाव मूल्याकंन स्वीकृत भएपछि विमानस्थलको काम अघि बढ्ने भएको हो । पर्यटनमन्त्री रबिन्द्र अधिकारीले आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन स्वीकृत भएको जानकारी दिएका हुन् । बारा जिल्लामा बन्ने विमानस्थलको निर्माण कार्य अब अघि बढ्ने मन्त्रीले बताएका हुन् । लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाई निर्माणलाई तीव्रता दिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । उक्त विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (डीपीअार) का लागि मन्त्रालय र कोरियन कम्पनी ल्याण्डमार्क बल्र्डवाइड एलएमडब्लु बीच सन् २०१० मार्चमा सम्झौता भएको थियो । सम्झौता बमोजिम कोरियन कम्पनलीले डीपीअार तयारी गरी सन् २०११ अगष्टमै मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेकामा मन्त्रालयले अझै डिपिआरलाई मान्याता दिने वा नदिने टुङगो लगाएको छैन । कम्पनीले डीपीअार तयार पार्न ३५ लाख डलर खर्च भएको बताएको छ । हाल कम्पनीले ६५ करोड नेपाली दाबी समेत गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उक्त मन्त्रालयले जनाएको छ । ‘विविध किसिमका समस्या समाधान गर्दै यस परियोजनालाई शीघ्र अगाडि बनाई मुलुकको आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले कोरियन कम्पनीले पेश गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई सरकारले ग्रहण गर्ने नगर्ने भने मन्त्रालयले निर्णय लिएको छैन । विमानस्थलको सडक रुख कटानी र सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।

घरेलु मदिरा नियन्त्रण नगरे प्रधानमन्त्री अाेली विरुद्ध मुद्धा

काठमाडौं । कानून, न्याय तथा सामाजिक कल्याण मञ्च नेपालले प्रधानमन्त्री केपि शर्मा अाेलीलाई भेट गरी घरेलु मदिरा नियन्त्रण गर्न ज्ञापन पत्र बुझाएको छ । मंगलबार मञ्चले प्रधानमन्त्रीलाई भेटी समाजमा जताततै बनाइने घरेलु मदिरालाई नियन्त्रण गर्न माग गरेको हो । मञ्चले मदिराको कारण आम नागरिकको जीउज्यान, स्वास्थ्य सम्पत्ति, सुशासन र आमनचयन गुमेको भन्दै मदिरा नियन्त्रण गर्न माग गरेको छ । जहातहीँ, जतिखेर पनि बनाइन्दै आएको जाँड, रक्सी, छ्याङ, निगार, तोङ्वा लगायतको मदिरा नियन्त्रण गर्नु पर्ने जोडदार माग गरिएकाे छ । गएको माघ १९ गते मञ्चको कार्य समितिको निर्णय बमोजिम मुलुकमा रहेको घरेलु मदिराको अवस्था, वैधता, असर लगयतको अध्ययन गर्न तीन सदस्सयि अध्ययन समिति गठन गरेको थियो । मञ्चको कोषध्यक्ष शारदा गुरुङको संयोजकत्वमा गठन भएको उक्त समितिले अध्ययन प्रतिवेदन समेत पेश गरिसकेको मञ्चका अध्यक्ष जगन्नाथ मिश्रले बताए । मञ्चकाले गरेको अध्ययनका अनुसार घरेलु मदिराको कारण कर असुली तथा राजश्व संकलनमा नकारात्म असर पुर्याएको छ । गुणस्तर सम्बन्धी कुनै प्रयोगशाला छैन । नागरिकको जिउज्यान स्वास्थ्य सम्पत्तिमा हानीनोक्सानी पुगेको छ । उत्पादनको लागि कच्चा पदार्थको रुपमा थोत्रा लुगा,टायर, प्रयोग भइसकेका कण्डम, प्रयोग भइसकेको सेनेटरी प्याड, बच्चाको सालनाल, सिनो लगायतका अत्यन्तै हानीकारक वस्तुहरु प्रयोग भएको गुनासो आएको मञ्चको भनाइ छ । । ‘त्यस्ता वस्तुको प्रयोगले आम नागरिकमा मन्दविषको काम गरेको छ,’ मञ्चका अध्यक्ष मिश्रले भने । जतिपनि गाँउघर/सहर बजारमा भइरहेको घरेलु हिंसा,चोरी, भ्रष्टचानर, बलात्कार, गुण्डागर्दी, ज्यान मार्ने लगायतको घटना पनि घरेलु मदिराकै कारण भएको उनको ठहर छ । मदिराको कारण वहुविवाह, सम्बन्ध विच्छेद, गाली वेइज्जती वेश्यावृत्ति जस्ता सामाजिक विखण्डन निम्त्याउने श्रंखलावद्ध घटना घट्ने अध्ययनमा देखिएको छ । मदिराको कारण पुरुष र महिलामा बाँझोपन ल्याउनेदेखि अध्ययन गर्दै गरेका बालबालिकाको नियमित अध्ययन समेत टुटाउने गरेको मञ्चले गरेको अध्ययनमा देखिएको अध्यक्ष मिश्रको भनाइ छ । अखाद्ययुक्त घरेलु मदिरा सेवन गर्दा हार्ट डिजिज, ब्लडपेसर बढ्नेदेखि क्यानसरसम्मका रोग लग्ने गुरेको उनले जानकारी दिए । यी विभिन्न कारणले पनि मदिरा बिक्री नियन्त्रण गर्नु पर्ने उनको जोडदार माग छ । मुलुकको ऐन कानूनमा समेत घरेलु मदिरा बिक्री वितरण गर्न नपाइने व्यवस्था गरेको उनको भनाइ छ । सरकारले मागको सुनुवाइ नगरेको अवस्थामा कानूनी उपचारको लागि अदालत जाने उनले बताए । ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं,’ उनले भने ‘केही समय पर्खन्छौं । सुनुवाई नभए सरकार विरुद्ध नै मुद्धा हाल्छौं ।’

संचय कोष र बीमा कम्पनी सिभिल बैंकको संस्थापक सेयरधनी, २९ लाख ९२ हजार कित्ता १५० रुपैयाँसम्म

काठमाडौं । कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सिभिल बैंकको हकप्रद सेयर खरिद गर्ने भएका छन् । दुई संस्थाले सिभिलको आवेदन नपरेको २९ लाख ९२ हजार २१० कित्ता सेयर न्युनतम १०० देखि १५० रुपैयाँमा उठाउने भएका छन् । संचय कोष र बीमा कम्पनीले प्रतिकित्ता १०० रुपैया हकप्रद खरिदका लागि बोलपत्र पेश गरेका छन् । जसमध्ये कोषल २९ लाख ९२ हजार २१० र बीमा कम्पनीले १ लाख ४५ हजार कित्ताका लागि बोलपत्र पेश गरेका छन् । यस्तै १५० रुपैयाँमा ५०० कित्ता खरिदका लागि बोलपत्र पेश भएको छ । लिलामीका लागि बोलपत्र आब्हान गर्दा ३२ लाख २५ हजार ६२० कित्ताका लागि आवेदन परेको बैंकले जनाएको छ । सिभिलले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको चुक्तपूँजी ८ अर्ब रुपैयाँ पु¥याउन बुझाएको पँुजी योजना बमोजिम, ४० प्रतिशत हकप्रद सेयर वितरण गर्न बैंकले शेयर बिक्रीप्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको थियो । जसमध्ये संस्थापक समूहको आवेदन नपरेको २९ लाख ९२ हजार २१० कित्ता बिक्रिको लागि ९ सम्म शिलबन्दी बोलपत्र माग गरिएकोमा, संचय कोष र राष्ट्रिय बीमा कम्पनीको आवेदन परेको बैंकले जनाएको छ । बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुग्ने छ । बैंकले संचित नाफाबाट बोनस शेयर वितरण गरी अपुग पूँजी पु¥याउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बताए ।    

प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ४ जना

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा लैनचोरमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेको सभापतित्वमा संचालन भएको उक्त सभाले कम्पनीकाे नयाँ संचालक समितिमा चार जना चयन गरेको छ । कम्पनीको सञ्चालक समितिमा डा. आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा र मनिराम पोखरेल चयन भएका छन् । साधारण सभाले आ.ब. २०६३/०६४ देखि आ.ब.२०७३/०७४ सम्मको संचालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै, सभाले वासलात लगायत नाफा नोक्सान हिसाब किताव, आर्थिक वर्ष २०७४/०७५ का लागि लेखा परिक्षक नियुक्ती तथा सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने विषयहरु समेत पारित गरेको छ । यस इन्स्योरेन्स २०६४ सालमा दर्ता भै २०७४ मंसिर २८ गतेदेखि कारोबार संचालनमा आएको हो ।