यी हुन् एमालेका निर्वाचित १९ पदाधिकारी, कसले कति मत पाए ?
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको मतगणना सम्पन्न भएको छ । अध्यक्षदेखि सचिवसम्मको पदाधिकारीमा ओली प्यानल विजयी भएको छ । यस्तो छ मत परिणाम : अध्यक्ष : केपी शर्मा ओली १ हजार ६६३ मत उपाध्यक्ष : पृथ्वीसुब्बा गुरुङ १७३७ मत विष्णुप्रसाद पौडेल १६७५ मत रामबहादुर थापा बादल १५१६ मत गोकर्णराज विष्ट १३६८ मत गुरुप्रसाद बराल ११३७ मत महासचिव : शंकर पोखरेल १२२८ मत उपमहासचिव : लेखराज भट्ट १४५२ मत रघुवीर महासेठ १३६८ मत योगेश भट्टराई १३४८ मत सचिव : महेश बस्नेत १५४४ मत पद्मा कुमारी अर्याल १५३० मत छविलाल विश्वकर्मा १५०६ मत शेरधन राई १५०३ मत खगराज अधिकारी १३३७ मत हिक्मत कुमार कार्की १३३७ मत यमलाल कँडेल ११८५ मत राजन भट्टराई ११८१ मत भानुभक्त ढकाल ११०८ मत
२० घण्टामा २ हजार मतदान गरे, ईश्वर पोखरेललाई लाग्यो १ घण्टा ४ मिनेट
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुरु गरिएको मतदान २० घण्टादेखि निरन्तर जारी छ। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा लामो समयसम्म तानिएको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म कुल २,२६२ मतदातामध्ये २००५ जनाले मतदान गरिसकेका छन् । अहिले ८० जना विद्युतीय मेसिनमा मतदान गरिरहेकाले बाँकी २७६ मत खस्न अझै बाँकी रहेको आयोगले जनाएको छ। मतदानका लागि प्रतिनिधिहरू लाइनमा बसेर पालो कुर्दै मतदान गरिरहेका छन्। निर्वाचन प्रक्रियामा हरेक घण्टामा औसतमा करिब १०० मत खसेको देखिएको छ। विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकाले प्रत्येक मतदातालाई मतदान गर्न अपेक्षाकृत बढी समय लागेको आयोगको भनाइ छ। नेपाली वैज्ञानिकका रूपमा परिचित नुवाकोटका रिमाल दाजुभाइ राम-लक्ष्मणको प्रविधि प्रयोग गरिएको थियो । उनीहरुले बनाएको विद्युतीय मतदान प्रणाली आम निर्वाचनमा समेत प्रयोग गर्न माग उठिरहेको बेलामा नेकपा एमालेले आन्तरिक निर्वाचनमा यसका प्रयोग गरेको थियो । तर उक्त निर्वाचनमा मतदान प्रक्रिया निकै सुस्त भएपछि राम-लक्ष्मण प्रविधि काम नलाग्ने रहेछ भन्दै आलोचना भइरहेको छ । राम-लक्ष्मण दाजुभाइ एमालेले भने उम्मेदवारको संख्या धेरै भएको र मतदातामा विद्युतीय मतदान शिक्षाको कमी भएकाले मतदान ढिला भएको बताएको छ । एमाले अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले आफूलाई मतदान गर्न १ घण्टा ४ मिनेट लागेको निर्वाचनपछि सञ्चारकर्मीहरूलाई बताए । लामो समयसम्म चले पनि मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको छ। मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्राविधिक टोली समेत सतर्क अवस्थामा राखिएको छ। २० घण्टा लामो यो मतदानलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरणका रूपमा हेरिएको एमाले नेता माधव ढुङ्गेलले बताए । नेतृत्व चयनमा प्रतिनिधिहरूको सक्रिय सहभागिताले एमालेको आन्तरिक लोकतन्त्रलाई व्यवहारमै अभ्यास गरिएको ढुङ्गेलको धारणा छ।
जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जससमध्ये सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात वितरण गरिने संस्थाले जनाएको छ।