त्रिविका परीक्षा तत्काल नहुने, विद्यार्थीको पढाई १ वर्ष ग्याप हुने निश्चित

  २०७७ साउन २५ गते १५:१३     डाेमी शेर्पा

काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको छ । त्रिविले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको हो ।

विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्राडा. शिवलाल भुसालले विश्वविद्यालयको तर्फबाट परीक्षा गराउनुपर्ने सबै खालको तयारी भइसकेको भएता पनि कोरोनाले संक्रमण बढ्दै गएकोले परीक्षा गर्न असम्भव भएको बताए ।

कोरोना भाइरसको त्रासकै बीच परीक्षा गराउनु उचित नभएको उनको भनाई छ । ‘यही स्थिती रहीरहे हामी परीक्षा संचालन गर्न भने सक्दैनौं, सकेसम्म विद्यार्थीहरुलाई परीक्षा हलमै राखेर परीक्षा गराउने हाम्रो उद्देश्य हो, तर अहिलेको अवस्थाले हालको लागि परीक्षा गराउन असम्भव छ,’ उनले भने ।

यसअघि त्रिविले अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो । दशैं अगाडि त्रिविको सेमेष्टर र वार्षिक प्रणालीका सबै त्रिविको सबै परीक्षाहरु हुने बताएको थियो ।

तर अब भने कोरोना संक्रमण दर झन बढ्दै जाँदा त्रिविका सम्पूर्ण परीक्षाहरु अनिश्चित नै बनेका हुन् । त्रिविले परीक्षा सञ्चालन सम्बन्धि रेक्टर प्रा.डा. भुसालकै नेतृत्वमा कार्यदल पनि गठन गरेको थियो । कार्यदल गठन हुनुभन्दा अगाडि सेमेष्टरको परीक्षा खुला पुस्तक हेरेर लेख्नेको साथसाथै अनलाइन परीक्षा लिनेबारे कुरा आएपनि त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा त्रिवि पुगेको थियो ।

परीक्षा अब कसरी गराउने भन्ने बारे थप छलफल भएपछि छिटै विद्यार्थीहरुलाई यसबारे खबर गरिने भुसालले बताए । कोरोना भाइरस संक्रमणको कारण यस वर्ष पराम्परागत शैलीका सबै परीक्षाहरु स्थगित भएका छन् ।

कोरोना भाइरसको सन्त्रास भइरहेको बेला त्रिविले हालसम्म के गर्ने र कसरी परीक्षा लिने भन्ने यकिन निर्णय लिन सकेको छैन । माघ/फागुनमा हुनु पर्ने परीक्षाहरु ६/७ महिना बितिसक्दा पनि सञ्चालन हुन सकेका छैनन् ।

यसले विद्यार्थीको भविश्यमा प्रत्यक्ष असर परिरहेको छ । अब पनि परीक्षा सञ्चालन भएन भने सम्पूर्ण विद्यार्थीहरुको पढाई एक वर्ष ग्याप हुने निश्चित छ । यसप्रति त्रिवि पनि चिन्तित भएको भुसालको भनाई छ ।

One comment on "त्रिविका परीक्षा तत्काल नहुने, विद्यार्थीको पढाई १ वर्ष ग्याप हुने निश्चित"

  • Ashok Kumar Yadav says:

    It’s not fair yr….. exam garna xa vane gare hun xa nai vane na garnu ,sapai lai previous ko results anusar mark dida hun xa ,yasto ghari hun xa ghari hunna .or huna sak xa vannu vo vane na padhe ra sapai fail hun xan .so I think it should be fix either yes or no….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.