३३ वर्षिय रोनाल्डोको शरीर २० वर्षे ठिटो जस्तो, एम्बाप्पेभन्दा ३३ किमी प्रतिघण्टा छिटो दौडने

  २०७५ साउन ९ गते ११:५२     विकासन्युज

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ३३ वर्ष पुगेपनि उनको शरिर २० वर्षको जस्तै युवा देखिएको छ । युभेन्टसकाे मेडिकल टीमले उनको शरिर २० वर्षको जस्तो रहेको सार्वजनिक गरेको हो ।

 

मेडिकल रिर्पोट अनुसार उनी अहिले ३३ वर्षको भएपनि २० वर्षका युवा जसरी फुटबल खेलिरहेका छन् । उनको शरिरमा ७ प्रतिशत मात्र बोसो रहेको छ । सामान्यतय उनको उमेरका अन्य खेलाडीको १० प्रतिशत भन्दा बढी बोसो हुने गर्छ ।

उनको शरिरमा ५० प्रतिशत मासंपेशी रहेको छ, यो अन्य खेलाडीको भन्दा ६ प्रतिशत बढी हो । बिइन स्पोर्टको अनुसार रोनाल्डो विश्वकपको सबैभन्दा छिटो दौडने खेलाडी हुन् । मेडिकल रिर्पोट अनुसार रोनाल्डो एम्बाप्पे भन्दा ३३.९८ किलोमिटर प्रतिघण्टाको दरले छिटो दौडिएका छन् । तर मेडिकल रिर्पोटमा उमेर अनुसार तुलना गरिएको छ । केलियन एम्बाप्पे अहिले १९ वर्षका रहेका छन् भने रोनाल्डो उनीभन्दा १४ वर्ष जेठो रहेका छन् ।

विश्वकपमा राम्रो प्रर्दशन गरेको रोनाल्डोलाई रियल म्याड्रिडले ११७ मिलियन युरोमा बिक्री गरेको हो । उनले रियललाई लगातार तेस्रो वर्ष च्याम्पियान्स् लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनलाई युभेन्टस्ले ४ वर्षको सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.