
काठमाडौं । भारतीय अरबपति मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतकै सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रीज (आरईएल) मा विदेशी संस्थागत लगानीकर्ता (एफआईआई) गत दुई वर्षदेखि लगातार सेयर बेचिरहेका छन् । यसका कारण कम्पनीमा विदेशी हिस्सेदारी एक दशकको न्यूनतम स्तरमा झरेको छ ।
सेप्टेम्बर २०२२ देखि एफआईआईले लगभग हरेक त्रैमासिकमा रिलायन्सको सेयर हिस्सेदारी घटाउँदै आएका छन् । वित्त वर्ष २०२३ को दोस्रो त्रैमासिकमा २३.६ प्रतिशत रहेको एफआईआई हिस्सेदारी वित्त वर्ष २०२५ को तेस्रो त्रैमासिकमा झरेर १९.६ प्रतिशतमा सीमित भएको छ ।
यसबीच रिलायन्समा घरेलु संस्थागत लगानीकर्ताको हिस्सेदारी भने पछिल्ला दुई वर्षमा १५ प्रतिशतबाट बढेर १९.१ प्रतिशत भएको छ । सोमबार रिलायन्सको सेयर बीएसईमा १.९६ प्रतिशत गिरावटसहित १,२२१.५० रुपैयाँमा कारोबार भइरहेको थियो।
एफएफआईको बाहिरिनु र कमजोर रिटर्न
पछिल्ला दुई वर्षमा एफआईआईको बाहिरिनुका कारण रिलायन्सले १२ प्रतिशत कमजोर रिटर्न दिएको छ । जेफ्रिजले भनेको छ कि कम्पनीको स्टक अब कोभिडपछिको न्यूनतम स्तरमा छ । अर्कोतर्फ मोर्गन स्टान्लीले आरआईएलको पीई (पी÷ई) अनुपात हाल पाँच वर्षको औसत नजिक पुगेको जनाएको छ ।
तेस्रो त्रैमासिकको परिणामहरूमा सुधारका संकेत देखिएका छन् । खुद्रा व्यापार (रिटेल) व्यवसायमा उछाल र ईबीआईटीडीएमा सुधारको अपेक्षामा ब्रोकरेजहरूले स्टकको रेटिङ बढाएका छन् र लक्ष्य मूल्य अघि बढाएका छन् । विश्लेषकहरूको भनाइमा म्याक्रो र माइक्रो आर्थिक परिदृश्यले २०२६ मा राम्रो रिटर्नको संकेत गर्दैछ ।
किन बढ्न सक्छ रिलायन्सको सेयर मूल्य ?
मोर्गन स्टान्लीका विश्लेषकहरूका अनुसार रिलायन्स न्यू इनर्जीतर्फ शिफ्ट हुँदैछ । साथै रिटेलदेखि डेटा सेन्टरसम्मको फोकस पनि बढिरहेको छ । विश्लेषक मयंक महेश्वरीले भनेका छन्, ’अर्को दुई वर्षमा आरईएलको जनरल एआई पूर्वाधारमा नयाँ ऊर्जा थपिँदै जानेछ । यो कम्पनीका लागि ठूलो आम्दानीको स्रोत बन्नेछ । रिफाइनिङ र रिटेल क्षेत्रहरूमा पनि मागमा सुधार देखिएको छ ।’
एचएसबीसीको धारणा परिवर्तन
ग्लोबल ब्रोकरेज फर्म (एचएसबीसी) ले गत चार वर्षदेखि आरईएललाई होल्ड रेटिङ दिएको थियो, तर अब आफ्नो धारणा परिवर्तन गर्दैछ । एचएसबीसीका अनुसार रिटेलमा भइरहेको परिवर्तन, नयाँ ऊर्जा व्यवसायको सुरुआत र डिजिटल व्यवसायको प्रगतिले उत्प्रेरकको काम गर्नेछ ।
ओ-टु-सी (तेलदेखि रसायन) कारोबारमा गिरावट आइसकेको छ र अब थप गिरावटको सम्भावना नभएको जनाइएको छ । ब्रोकरेजलाई आशा छ कि आरआईएलको पूँजीगत खर्चको तीव्रता कम हुनेछ र मुक्त नगद प्रवाह (फ्री क्यास फ्लो) वृद्धि हुनेछ ।
रिलायन्सको लक्ष्य मूल्य कहाँसम्म पुग्न सक्छ ?
बोफा (बीओएफए) का विश्लेषकहरूले भनेका छन् कि पछिल्ला छ महिनामा रिलायन्सको सेयरको खराब प्रदर्शनको एक कारण रिटेल व्यवसायमा कमजोरी हो । तर, आगामी दिनमा यसमा सुधारको अपेक्षा गरिएको छ । बोफाले रिलायन्सको लक्ष्य मूल्य १,७२३ भारु राखेको छ। मोर्गन स्टान्लीले भने रिलायन्सको लक्ष्य मूल्य २,०२१ भारु राखेको छ । (एजेन्सीहरूको सहयोगमा)
सान्दर्भिक सामग्री
विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी
अडानीले अम्बानीलाई पछि पारे, रियालन्स इन्डस्ट्रिजसँगको गत वर्षको सम्झौता दोब्बर
५ सय भारुबाट व्यवसाय सुरु गरेका धीरुभाईले कसरी खडा गरे रिलायन्स कम्पनी ?
भारत छिर्दै चिनियाँ कम्पनी, मुकेश अम्बानीसँग व्यापार सुरु
अमेरिकामा अडानीको मुद्दा कसले लड्छ ? कानुनी फर्मको नाम खुलासा
भारतमा २ करोड बढी क्रिप्टो प्रयोगकर्ता, साना सहरमा पनि बढ्दै क्रेज