विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी

<p>काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले विश्वको सबैभन्दा ठूलो डाटा सेन्टर बनाउने तयारी गरिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्लूमबर्गको रिपोर्टअनुसार रिलायन्स इन्डस्ट्रिजको यो महत्त्वाकांक्षी परियोजना गुजरातको जामनगरमा निर्माण हुनेछ । यससँगै रिलायन्स कृत्रिम बाैद्धिकता (एआई) क्षेत्रमा प्रवेश गर्न लागेको छ । रिपोर्टका अनुसार अम्बानीले एआई प्रविधिमा विश्व अग्रणी एनभीडीयाबाट सेमिकन्डक्टर किन्दैछन् । अडानीको पहिला [&hellip;]</p>

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले विश्वको सबैभन्दा ठूलो डाटा सेन्टर बनाउने तयारी गरिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्लूमबर्गको रिपोर्टअनुसार रिलायन्स इन्डस्ट्रिजको यो महत्त्वाकांक्षी परियोजना गुजरातको जामनगरमा निर्माण हुनेछ ।

यससँगै रिलायन्स कृत्रिम बाैद्धिकता (एआई) क्षेत्रमा प्रवेश गर्न लागेको छ । रिपोर्टका अनुसार अम्बानीले एआई प्रविधिमा विश्व अग्रणी एनभीडीयाबाट सेमिकन्डक्टर किन्दैछन् ।

अडानीको पहिला नै प्रवेश

अडानी समूह भने पहिले नै यस क्षेत्रमा प्रवेश गरिसकेको छ । अडानी इन्टरप्राइजेजले अमेरिकी कम्पनी एजकोनेक्ससँग संयुक्त उद्यम स्थापना गरेको छ । यसको नाम अडानीकनेक्स राखिएको छ, जसले भारतमा हाइपरस्केल डेटा सेन्टरहरूको नेटवर्क निर्माण गर्ने योजना बनाएको छ ।

सन् २०२४ को अक्टोबरमा भएको एनभीडीया एआई शिखर सम्मेलनको क्रममा रिलायन्स र एनभीडीयाले भारतमा एआई पूर्वाधार निर्माण गर्न मिलेर काम गर्ने घोषणा गरेका थिए । त्यतिबेला एनभीडीयाले रिलायन्सले निर्माण गरिरहेको एक गिगावाट डेटा सेन्टरको लागि आफ्नो ब्ल्याकवेल एआई प्रोसेसरहरू आपूर्ति गर्ने बताएको थियो ।

त्यसपछि जेनसेन हुआङले अम्बानीसँगको कुराकानीमा भारतले आफ्नै एआई विकास गर्नुपर्छ भनेका थिए ।

भारतमा राम्रो डिजिटल कनेक्टिभिटी पूर्वाधार

अमेरिका र चीनपछि भारतसँग सबैभन्दा राम्रो डिजिटल कनेक्टिभिटी पूर्वाधार छ । गत वर्ष सेप्टेम्बरमा रिलायन्स इन्डस्ट्रिज र एनभीडीयाले भारतमा एआई सुपर कम्प्युटरहरू विकास गर्न र देशका विभिन्न भाषाहरूमा ठूला भाषा मोडेलहरू निर्माण गर्न साझेदारीको घोषणा गरेका थिए । पछि एनभीडीयाले पनि टाटा समूहसँग यस्तै साझेदारी गरेको थियो ।

भारतमा एआई

भारत सरकारले स्टार्टअप, एआई परियोजना र एलएलएमको विकासका लागि १० हजार करोड रुपैयाँभन्दा बढी लगानी गर्ने वाचा पनि गरेको छ । यद्यपि यसमा धेरै चुनौतीहरू छन् । भारतको चिपमेकिङ उद्योग अझै पनि प्रारम्भिक चरणमा छ ।

सेमिकन्डक्टर निर्माण सुविधाहरू (फ्याब्स) स्थापना गर्दा पूँजीगत खर्च बढी हुन्छ र यसलाई साकार पार्न धेरै समय लाग्छ । यी फ्याबहरू सञ्चालन गर्न विशेषज्ञ कर्मचारीहरूको पनि आवश्यक पर्दछ । भारत हाल यो प्रक्रिया विकास गर्नमा संलग्न छ । यद्यपि भारतमा अझै चिप उत्पादन गरिएको छैन ।

Share News