काठमाडौं । भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्सले पहिलो एक्स्क्लुसिभ डिलरको रुपमा चितवनको रत्ननगरस्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई नियुक्त गरेको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको रत्ननगर–३ शान्तिचोकमा अवस्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सको उद्घाटन गरे ।
कम्पनीको डिलरशिपका चार श्रेणीहरूमध्ये ‘एम्पोरियो’ सबैभन्दा प्रिमियम हो । जसले लुम्बिनी सेरामिक्सद्धारा उत्पादित टायल्सको सम्पूर्ण संग्रहहरुको वितरण गर्छ ।
गत मंसिरबाट औपचारिक उत्पादनमा आएको लेमिनार टायल्सलाई इञ्जिनियर, निर्माण ब्यवसायिक, इन्टेरियर डिजाइनर तथा ग्राहकहरूद्धारा अत्याधिकरुपमा रुचाइएको कम्पनीले दाबी गरेको छ । कम्पनीले आफ्ना उत्पादनलाई देशभर सहज रूपमा उपलब्ध गराउने उदेश्यका साथ १ सयभन्दा बढी डिलर र वितरकहरूको सञ्जालको स्थापना गरिसकेको छ ।
लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले चितवनमा पहिलो फ्रेञ्चाइज शोरूम ल्याएको बताए । लुम्बिनी सेरामिक्सले सन् २०२५ मा थप ५० भन्दा बढी विशेष शोरूम सञ्चालनमा ल्याउने योजना तय गरेको उनको भनाइ छ ।
‘चितवनमा फ्रेञ्चाइज शोरूमको उद्घाटन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ, हाम्रा उत्पादनलाई विश्वास गर्दै शतप्रतिशत भिट्रिफाइड टायल्स जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सले उपलब्ध गराउनेछ,’ उनले भने ।
बर्दियाको गुलरियास्थित साँढे १२ बिघाह जमिनमा यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको कम्पनीको दाबी छ । करिब ५ सय वटाभन्दा बढी आकर्षक डिजाइनमा टायल चारवटा आकार (१६*१६ इञ्च, २*२ फिट, २*४ फिट र ८ इञ्च*४ फिट) मा उपलब्ध हुनेछन् ।
करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।