एसईईपछि म्यानेजमेन्ट पढ्ने सोचमा हुनुहुन्छ ? यी हुन् काठमाडौंका उत्कृष्ट कलेज

  २०८१ वैशाख ७ गते १५:२८     इन्द्रसरा खड्का

काठमाडौं । के तपाईं एसईई दिएर बसिरहनुभएको छ ? त्यसो हो भने मैले कति जीपीए ल्याउँछु ? चाहेको विषय पढ्न पाउँछु कि पाउँदिन ? भन्ने कौतुहलता पक्कै होला । आजभोलि नेपालमा एसईईपछि व्यवस्थापन (म्यानेजमेन्ट) पढ्ने विद्यार्थीको संख्या बढेको छ । यसैको लागि अहिले एसईई दिएर बसेका विद्यार्थी ब्रिजकोर्सको तयारी गरिरहेका छन् । म्यानेजमेन्ट पढेका विद्यार्थीलाई रोजगारीको अवसर भएकाले विद्यार्थीको रुचीमा म्यानेजमेन्ट पर्न थालेको हो । व्यवस्थापन विषयमा सैद्धान्तिक र व्यवहारीक दुवै विषयको मिश्रण हुन्छ । म्यानेजमेन्ट अन्तर्गत अर्थशास्त्र, लेखा, आइटी, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट मार्केटिङ लगायतका विषय पर्छन् । यी विषयको लागि राम्रो कलेज कुनकुन हुन् ? कहाँ पढ्ने भन्नेमा हुनुहुन्छ ? त्यसो भए आउनुहोस् हामी तपाईंलाई म्यानेजमेन्टका लागि मात्र हैन अन्य संकायको लागि पनि अब्बल ठानिएका कलेजको बारेमा जानकारी गराउँछौँ ।

प्रसादी एकेडेमी

ललितपुरमा रहेको प्रसादी एकेडेमी महंगो र राम्रो कलेजमध्येमा चिनिन्छ । आजभन्दा करिब २७ वर्ष अगाडि ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’को अवधारणा सहित सुरुवात भएको हो । यहाँ कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन हुन्छ । प्रसादीको शैक्षिक परिणाम हरेक वर्ष उत्कृष्ट हुन्छ । यो कलेजले ९७ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल रहेको दाबी गरेको छ । यो एकेडेमीले म्यानेजमेन्टतर्फ २ सय जनाको सिटमा भर्ना लिएर अध्यापन गराउँदै आएको छ । यहाँ भर्ना हुन २.५ जीपीए ल्याएको हुनुपर्छ । कलेजले विद्यार्थीले ल्याएको ग्रेड र प्रवेश परीक्षाको रिजल्ट हेरेर मात्र छात्रवृतिको व्यवस्था गरिने कलेजले जनाएको छ । यसका लागि विद्यार्थी भर्ना शुल्क र मासिक शुल्क गरी ८९ हजार तिनुपर्छ । तर, यो वर्षको शुल्क भने निर्धारण गर्न बाँकी रहेको जनाएको छ ।

ट्रिनिटी कलेज
काठमाडौंको डिल्लीबजारमा अवस्थित यो कलेज पनि म्यानेजमेन्ट पढ्न विद्यार्थीका लागि राम्रो मानिन्छ । ‘शिक्षा नै भविष्यको आधार’ भन्ने उद्देश्यले सञ्चालनमा आएको कलेज गुणस्तरि शिक्षामा आफु उत्कृष्ट रहेको दाबी गर्छ । दक्ष र अनुभवी शिक्षकबाट गुणस्तरिय शिक्षा दिदै आएको कलेज सतप्रतिशत रिजल्ट दिरहन सफल कलेज हो । बृहत पुस्तकालय, खेलमैदान, साइन्स ल्याब, क्यान्टिनको कलेजमा सुविधा छ । बायोमेट्रिक, फिजिक्स, साइन्स लगायतका छुट्टा छुट्टै ल्याबहरू छन् । पाठ्यक्रममा मात्र विद्यार्थीलाई सीमित नराखेर कलेजले प्रयोगात्मक सिप पनि सिकाउने गरेको छ । यस्तै अध्ययन भ्रमण, गोष्ठी लगायतका कार्यक्रम पनि गर्ने गरेको छ । पठनविधि प्रयोगात्मक र व्यवहारिक, शतप्रतिशत रिजल्ट दिने कलेजका रुपमा आफुलाई दाबी गर्दै आएको छ ।

ग्लोबल कलेज अफ म्यानेजमेन्ट 
काठमाडौंको मध्यबानेश्वरमा रहेको यो कलेज म्यानेजमेन्टको लागि उत्कृष्ट ठहरिन्छ । सन् २००१ मा स्थापना भएको यो कलेजले अत्याधुनिक ल्याबसहित शिक्षा दिरहेको छ । व्यवस्थापनको अध्यापनमा सफल बनेपछि यसले ग्लोबल स्कुलअफ साइन्स सञ्चालनमा ल्याएको छ । यो कलेजमा कक्षा ११ मामात्र हरेकवर्ष ९ सय विद्यार्थी भर्ना हुन्छन् । यो कलेजले भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिएको छ । विद्यार्थीले ल्याएको जीपीए र विद्यार्थीको क्षमता हेरेर सबै विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको कलेजका कार्यक्रम कोर्डीनेटर जय गौडेलले बताए ।

यो कलेजमा अध्यनरत विद्यार्थी गएको ८,९ वर्षदेखि उत्कृष्ट नतिजा ल्याइरहेका छन् । उत्कृष्ट शिक्षकबाट शिक्षा प्रदान गर्ने यो कलेजमा रेगुलर पढ्ने विद्यार्थी सबै पास हुन्छन् । विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन् । यो कलेज विद्यार्थीका लागि उत्कृष्ट कलेज हो ।

काठमाडौं मोडल कलेज
काठमाडौंको मुटु बागबजारमा रहेको काठमाडौं मोडल कलेज एक उत्कृष्ट शैक्षिक संस्था हो । कक्षा ११ र १२ मा टप ५ भित्र परेको यो कलेज सन् २००२ मा स्थापना भएको हो । यहाँ अनुभवी र मिहिनेती शिक्षकबाट अध्यापन गराइन्छ । राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा यसलाई उत्कृष्ट क्याम्पस घोषणा गर्दै विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा निजीतर्फ पुरस्कृत भएको थियो । विद्यार्थीलाई पायक पर्ने ठाउँमा रहेको यहाँ विश्वस्तरीय भवन, ल्याब, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, खेल मैदान विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने कलेजको अर्को विशेषता हुन् ।

आइएसटी कलेज
काठमाडौंको ज्ञानेश्वरमा रहेको आइएसटी कलेज सार्लजबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धनमा सञ्चालित छ । नेपालमै उत्कृष्ट ‘हस्पिटालिटी’ एजुकेसन उपलब्ध गराउने उद्देश्यसहित यो कलेज सन् २००४ मा स्थापना भएको हो । होटेल म्यानेजमेन्ट र टुरिजमको लागि यो कलेज उत्कृष्ट मानिन्छ । कक्षा ११ मा होटेल म्यानेजमेन्ट, आइटी, जनरल म्यानेजमेन्ट यो कलेजमा पढाइ हुन्छ ।

यो कलेजमा बेकरी, बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङका लागि मेकअप रुम, होटल रिजर्भेसन सिस्टमलगायत सुविधा छन् । जसले यस कलेजलाई होटल म्यानेजमेन्ट अध्ययनका लागि उपयुक्त बनाएको कलेका प्रधानाध्यापक सम्झना बस्न्यातले बताइन् । उनका अनुसार यो कलेजमा विद्यार्थीलाई शैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिइन्छ । अन्य कलेजभन्दा फरक र प्रयाक्टिकल्ली शिक्षा प्रदान गरिने भएकाले यो कलेज महंगो पनि मानिन्छ । यहाँ कक्षा ११ मा पढ्ने विद्यार्थीहरूले १० देखि १२ हजार माशिक शुल्क तिर्नुपर्छ ।

लिटिल एञ्जलस् कलेज
व्यवस्थापन संकाय कक्षा ११ मा भर्ना हुनको लागि लिटिल एञ्जलस् कलेज पनि राम्रो मानिन्छ । ललितपुरको हातीबनमा रहेको यो कलेजमा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयहरू पढाइ हुने गर्छन् । यो कलेजले राम्रो जिपीए ल्याउने विद्यार्थी र इन्ट्रान्स परिक्षामा राम्रो ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । यो कलेजमा पनि माशिक शुल्क र कूल कति शुल्कमा पढाइ पुरा गर्ने भन्ने विषयमा छलफल गर्न भने बाँकी छ । तर अन्य कलेजहरू भन्दा यो कलेज महंगो मानिन्छ । गएका वर्षमा मासिक शुल्क ३७ हजार, मासिक शुल्क ७ हजार लिँदै आएको कलेजले जनाएको छ ।

साउथ वेस्टर्न स्टेट
काठमाडौंको बसुन्धारामा रहेको यो कलेज २०६६ सालमा स्थापना भएको हो । कलेजमा म्यानेजमेन्ट अन्तर्गत होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडी पढाइ हुन्छ । म्यानेजमेन्टका हिसामा आफुलाई अब्बल रहेको दाबी गर्दै वर्षेनी सयौँ विद्यार्थी अध्यापन गराउँदै आएको कलेजले ग्लोबल मार्केटले खोजिरहेको जस्तै विद्यार्थी उत्पादन गरिरहेको जनाएको छ । यहाँ शिक्षकले विद्यार्थीलाई पढाउने मात्र नभइ शिक्षकले पढाएको र विद्यार्थीले सिकेको विषय एकअर्कालाई सेयर गर्ने गरिन्छ । पाठ्यक्रममा भएको कुरा पढाउने भन्दा पनि प्राक्टिकल धेरै गरिन्छ । यहाँ क्लासलाई ल्याबसँग जोडिर पढाउने गरेको कलेजका कार्यक्रा निर्देशक गणेश महरा बताउँछन् । यो कलेजमा बिहान र दिउँसो पढ्ने विद्यार्थीको शुल्क अलग अलग छ । यो वर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीबाट कति शुल्क लिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै महराले गएका वर्षमा १ लाख ३० हजारमा विद्यार्थीबाट शुल्क लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.