निरन्तर ब्याजदर घटाउँदै एनआईसी एशिया, माघमा पनि घटायो

  २०८० पुष २५ गते ७:१५     विकासन्युज

काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंकले निरन्तर ब्याजदर घटाउँदै आएको छ । गत कात्तिकदेखि निरन्तर ब्याज घटाउँदै आएको यस माघ महिनाका लागि पनि घटाएको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.९८९ प्रतिशत तोकेको छ । यसअघि पुसमा ४.४५५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र ब्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । सो ब्याजदर पनि २४ देखि १८० महिनासम्म अवधि निक्षेप राख्यो भने मात्रै दिनेछ । तर, ३ देखि ६ महिनाका लागि भने व्यक्तिले ६.२५ प्रतिशत मात्रै ब्याज पाउने छ । साथै, संस्थागतका लागि भने ६ महिनादेखि ९ महिनासम्म राख्यो भने ४.७५० प्रतिशत मात्रै ब्याज पाउने छ ।

यसअघि पुसमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.६७ प्रतिशत र ब्यक्तिगततर्फ ८.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.७० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.