आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

<p>काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट &#8216;आइएमई पे&#8217;मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको [&hellip;]</p>

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्ने कम्पनीले जनाएको छ ।

आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास(लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा भूमिका निर्वाह गरेको छ ।

Share News