सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता र डष्टबिन वितरण कार्यक्रम सम्पन्न

  २०८० साउन २६ गते २०:१६     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेड भैरहवा शाखाले वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित मदरसा अरबीया अशरफिया फैजुल इसलाममा उक्त कार्यक्रम आयोजना गरेको फाइनान्सले बताएको छ ।

कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीहरुलाई एक थान कपि, कलम, २५ थान ज्योमेट्री बक्स वितरण गरेका थिए ।

शाखा प्रमुख अधिकारीले ‘सेन्ट्रल फाईनान्स लिमिटेडले वित्तीय कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा मदरसाका प्रधानाध्यापक फैजुल्लाह मुसलमान, शिक्षक, विद्यार्थी तथा संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सेन्ट्रल फाइनान्सले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको छ । उक्त संस्थाको १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।

2 comments on "सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता र डष्टबिन वितरण कार्यक्रम सम्पन्न"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.