घोराही सिमेन्टको ८१ प्रतिशत सेयर बिकेन, प्रतिकित्ता ३५ रुपैयाँ सस्तो दिँदा किनेनन् स्थानीयले

  २०८० जेठ २४ गते १२:५०     सीआर भण्डारी

काठमाडौं । प्रिमियम मूल्यमा सेयर बिक्री गरेको घोराही सिमेन्ट एण्डष्ट्रीको झण्डै ८१ प्रतिशत सेयर नबिकेको पाइएको छ । कम्पनीले स्थानीयबासीलाई छुट्याएको सेयर मध्येमा १९.४५ प्रतिशत मात्र आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीले अरुलाई भन्दा स्थानीय बासीलाई प्रतिकित्ता ३५ रुपैयाँ कम मूल्यमा सार्वजनिक निष्काशन गरेको थियो ।

कम्पनीले बैशाख १९ गतेदेखि जेठ १७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहलाई ३ लाख ९७ हजार १९० कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीले दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.३, ४ का बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरेको थियो ।

प्रतिकित्ता १०० रूपैयाँकाे सेयरमा ३०० रूपैयाँ प्रिमियम जाेडेर प्रतिकित्ता ४ सय रुपैयाँका दरले ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गरिएको थियो । सर्बसाधारणको लागि ४३५ रुपैयाँमा बिक्री खुला भएको घोराही सिमेन्टको सेयर आयोजना प्रभावित समूदायको लागि भनेर ३५ रुपैयाँ कम अर्थात ४०० रुपैयाँ तोकिएको थियो । सेयर आवेदनको लागि थप समयमा पनि आवेदन नपरेपछि उक्त सेयर सर्बसाधारणको लागि प्रतिकित्ता ४३५ रुपैयाँको दरले बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार स्थानीय वासिन्दाहरुले ७७ हजार २९० कित्ता सेयरका लागि मात्रै आवेदन दिएका छन् । कम्पनीले बिक्रीमा राखेको सेयरमध्ये ३ लाख १९ हजार ९ सय कित्ता बिक्री हुन नसकेको क्यापिटलले जनाएको छ ।

यस्तै, कम्पनीले बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७ करोड ५४ लाख ६६ हजार १ सय रुपैयाँ बराबरको प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको थियो ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ६ लाख ६ हजार ३५० कित्ता सेयरका लागि मात्रै आवेदन दिएका थिए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्रीमा राखेको सेयरमध्ये १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री हुन नसकेको कम्पनीले बताएको छ ।

घोराही सिमेन्ट एण्डष्ट्रीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको थियो । विदेशमा रहेका नेपालीकाे लागि जेठ २ गतेसम्म र स्थानीयबासीकाे लागि जेठ १७ गतेसम्म सेयर आवेदन खुला गरिएकाे थियाे । सेयर  निष्काशित सेयर मध्ये साढे ४ लाख कित्ता सेयर बिक्री नभएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.