इप्पानको अध्यक्षमा गणेश कार्कीको उम्मेदवारी 

  २०८० जेठ २२ गते १५:०७     विकासन्युज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को अध्यक्ष पदमा गणेश कार्कीले उम्मेदवारी दिएका छन् । सोमबार इप्पानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन्  ।

यसैगरी अध्यक्ष पदमै किरण मल्लको पनि दाबी रहेको बताइएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी र महासचिवमा बलराम खतिवडाको उम्मेदवारी रहेको पनि कार्कीले जानकारी गराए ।

इप्पानको २१औं वार्षिक साधारणसभा मार्फत नयाँ कार्यसमितिको चयन हुने छ ।  सो सभा आगामी जेठ ३२ गते बिहान ९ बजे हायात रिजेन्सी होटलमा हुँदै छ ।

उक्त सभाको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका छन् । साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्ने भएकोले निर्वाचन प्रकृयामा भाग लिनको लागि यहि २५ गते भित्र सदस्यता नविकरण र नयाँ सदस्यता लिन समेत इप्पानलेसबै उर्जा उद्यमीलाई अनुरोध गरेको छ ।

हालसम्म करिब १६५ आयोजनाहरुले नयाँ सदस्यता लिएका छन् भने करिब १५० पुराना सदस्यहरु नविकरण भएका छन् । सदस्यता लिने क्रमलाई सहज बनाउन कार्यसमितिको जेठ २१ गतेको बैठकबाट आयोजनाहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको इप्पानले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

साढे १० हजारभन्दा बढी मेगावाटका आयोजनाहरुको विद्युत् खरिदबिक्री तत्काल खुलाऔं : इप्पान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.