आइएमई पे र श्रीयोग कन्सल्टिङबीच डिजिटल भुक्तानी गर्ने बारे सम्झौता

  २०७९ माघ २६ गते १६:३५     विकासन्युज

काठमाडौं । आइएमई पे र श्रीयोग कन्सल्टिङबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यहीँ फेब्रुअरी ८ देखि संचालनमा रहने यो सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.