नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन खुलायो धितोपत्र बोर्डले

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि निवेदन खुला गरेको छ । आइतबार एक सूचना प्रकाशन गरी सेबानले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन खुला गरेको हो । धितोपत्र बजारलाई थप प्रतिस्पर्धा, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तराष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाउनका लागि नयाँ ब्रोकरको लाइसेन्स [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि निवेदन खुला गरेको छ । आइतबार एक सूचना प्रकाशन गरी सेबानले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन खुला गरेको हो ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धा, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तराष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाउनका लागि नयाँ ब्रोकरको लाइसेन्स प्रदान गर्न लागेको बोर्डले जनाएको छ ।

नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने छ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने छ ।

यदि आवेदन दिने समयमा अन्तिम दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दोस्रो दिन पनि निवेदन दिन सकिने छ ।

धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न चाहने संगठित संस्था वा कम्पनीलाई अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाइएको बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

Share News