२०७९ भदौ २ गते १६:५२ विकासन्युज
काठमाडौं । भोलि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ । भदौ ३ गते कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा भएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार भदौ ५ गते आइतबार मात्रै खुल्ने छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.