५७९ कम्पनीको नियमन गर्दै धितोपत्र बोर्ड, साना कम्पनी आउँदा अस्थीरता बढेको दावी

  २०७९ साउन १९ गते १७:०९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यवाहक उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बोर्डमा सूचीकरण भएका ५७९ कम्पनीको नियमन गरिरहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कम्पनीको संख्या अत्यधिक भएकाले नियमनमा समस्या हुने उनको भनाइ छ । तर, धितोपत्र सम्बन्धी कानुन समय सापेक्ष बनाउने बताउँदै उनले बोर्डलाई जफाबदेहिता सहितको स्वायत्त निकाय बनाउनुपर्नेमा जोड दिए ।

‘बोर्डलाई जवाफदेहिताको स्वायत्त निकाय बनाउँछौं, नेपाल स्टक एक्स्चेञ्ज र सिडिएसको संरचना परिवर्तन गर्दै प्रतिस्पर्धी बनाउने तयारी भइरहेको छ,’ उनले भने ।

त्यस्तै, उनले दोश्रो बजारमा थोरै पुँजी भएका कम्पनी सूचीकृत हुँदा बजारको अस्थीरता बढेको समेत दावी गरे । साथै, बोर्डले पुँजी बजार विकासको लागि शैक्षिक संस्था संचालन गर्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.