बैंकको जागिर खानु भन्दा बहुलाउनु निको

<p>&#8216;मर्नुभन्दा बहुलाउनु निको&#8217; नेपालीमा एउटा पुरानो भनाई हो । तर म भन्छु बैंकको जागिर खानुभन्दा बहुलाउनु निको । तपाईं अचम्म मान्नुहोला कस्तो खालको मान्छे यो । यत्रो बेरोजगार भइरहेको नेपालमा बैंकको जागिर खानुभन्दा बहुलाउनु राम्रो पो भन्छ त । अँ तपाईको मनमा प्रश्न आउन सक्छ साच्चै यो मान्छे बहुला त होइन । हो म बहुला [&hellip;]</p>

‘मर्नुभन्दा बहुलाउनु निको’ नेपालीमा एउटा पुरानो भनाई हो । तर म भन्छु बैंकको जागिर खानुभन्दा बहुलाउनु निको । तपाईं अचम्म मान्नुहोला कस्तो खालको मान्छे यो । यत्रो बेरोजगार भइरहेको नेपालमा बैंकको जागिर खानुभन्दा बहुलाउनु राम्रो पो भन्छ त । अँ तपाईको मनमा प्रश्न आउन सक्छ साच्चै यो मान्छे बहुला त होइन । हो म बहुला नै हो । यो लेख बहुलाले लेखेको रहेछ भनेर तपाईंले मलाईभन्दा मलाई कुनै फरक पर्दैन ।

नपत्याए तपाईं मात्र एकदिन मसँगसँगै हिड्नुहोस् । हेर्नुहोस् त, मेरो टेबल भरी छरप्रष्ट कागजहरु, फाइलहरु, वरिपरि मानिस ग्राहकहरु ।

हेर्नुहोस् त, ऊ त्यहाँ बसेको सेतो लुगा लगाएको छ नि उसले एटीएमको पासवर्ड बिर्सियो रे, रिसेट गरिदिनु पर्यो रे । दश मिनेट भयो मलाई कुरेको । ऊ त्यो रातो साडी लगाएकी महिला छन् नि उनले काउन्टरबाट चेक दिई पैसा निकाल्न खोज्दा सहि मिलेन रे । मैले सिग्नेचर कार्ड, केवाईसी भराएर इमेज अहिल्यै लोड गरिदिनु रे । अनि पल्लो पट्टी तिन जना छन् नि, केटाहरु । उनीहरुको स्टेटमेन्ट निकाल्नु पर्ने रे । १५ मिनेटदेखि पर्खिरहेका छन् । हिजो चेक बुक बनाउन आउने ग्राहकले १० अटा जति रिक्विजिसन स्लिप छोडेको छ चेक बुक पनि बनाउनु पर्नेछ ।

उफ् फेरि आजै इन्टर्न भाई पनि ज्वरो आएर आएनन् । इन्टर्न त कर्मचारी होइन हुन त, तर हेल्प चाहि हुन्थ्यो । उफ् के के भ्याउनु । मेनेजरसँग साप्ताहिक मिटिङ्गमा म एक्लैले भ्याउँदिन एक जना कर्मचारी सिएसडिमा थप्नु परयो भनेर भन्यो, मेनेजर खाउला झै आँखा पारेर के नै काम हुन्छ र ? कति नै काम हुन्छ र ? हप्तामा २० वटा त खाता खोलेको छैन भनेर मलाई मुखमा बुझो हाल्छन् । रिस उठ्छ मलाई । भन्न मन लाग्छ सिएसडिमा एक दिन मसँग बस्नु न के के काम हुन्छ भ्याइन्छ भ्याइदैन थाहा पाई हाल्नु हुन्छ नि ।

तर म हरेक मिटिङ्गमा मेनेजरसँग आखा नजुधाई चुप लाग्छु । के गर्नु जवाफ फर्कायो भने साउनमा फेरि परफरमेन्स एप्राइजलमा नम्बर नदेलान् । साना कर्मचारीको विवसता भन्यो । चुप्प लाग्यो । आज एटीएममा पैसा पनि हाल्नु पर्नेछ । हेड अफिसबाट एटीएम रिफिल गर भनेर मेल आकोआइ छ । असार अन्तिम लागिसक्यो । टेलर र कि एलोन्स रिपोर्ट पनि पठाउनु छ । साँच्चि अफिसको टीडीएस, बिजुलीको बिल, टेलिफोनको बिल र एडवान्स इन्ट्री पनि कति हान्नु छ ।

अँ, सम्झे घरको पनि पो तिर्नु छ । बैंकको जागिर छुट्टि कहिल्यै पाइदैन । घरको बिजुली टेलिफोन, घर बहाल कर ढिलो तिरेर म जहिल्यै जरिवानामा पर्छु तर त्यहि बैंकको अफिसको बिजुली, टेलिफोन र कर समयमै तिरेर बरु कर छुट पाउछु । अब मलाई पागल नभनेर के भन्ने त ?

आम्मुइ ! यी दिदी आईन् बाबा । थर्काउने भइन् अब । हिजै एकाउन्ट खोल्नलाई फर्म भरेकी हिजै एकाउन्ट ओपनिङ्ग डिपार्टमेन्टमा पठाउनु पर्ने । नभ्याएर आज बिहानै पठाएको हेड अफिसले एप्रुभ पनि गरेको छैन । सेन्टरलाइज एकाउन्ट ओपनिङ्गका कर्मचारी पनि कस्ता । फोन गर्यो उठ्दैन । उठाइहाले नास्ता खान गएको छु भन्छन् । बेला न कुवेला नास्ता खानुपर्ने । अलि चाडो हेरिदिनु पर्यो अरजेन्ट छ भन्दा उल्टै मलाई भन्छन् । तपाईसँग एउटा ब्रान्चको मात्र खाता छ र यहाँ ? यहाँ ५०० जति खाता छ । १५० वटा ब्रान्चको पालो आउँछ पर्खनुस् । भरे साँझ सम्ममा हेर्छु । काठमाडौं हेड अफिस कार्ड डिपार्टमेन्टमा फोन गर्यो । त्यस्तै, सर्कुलर पढ्नुभएको छैन । के लेखेको छ हेर्नु त भन्छन् ।

हेड अफिसकाको पो एउटा डिपार्टमेन्ट छ र आफूलाई काम लाग्ने सर्कुलर एउटा पढ्दा भयो । हामी शाखामा काम गर्नेले त १०/१५ थरी काम गर्नुपर्छ । ब्रान्चमा बसेर मेल हेर्न त भ्याइदैन, सर्कुलर रे । भनिदिउकी जस्तो लाग्छ । भनेर के गर्नु फेरि छुच्चो भइयो भने हेड अफिसकाले रिसाएर मेनेजर वा ओआईलाई पोल लगाउछन् । अनि, घुमिफिरि आफ्नै टाउकोमा गाली ठोकिन्छ ।

ब्रान्चमा बसेर ग्राहकलाई मरिमरि फकायो । बल्ल बल्ल खाता खोलायो । बल्ल बल्ल एटिएम भिडायो । बल्ल बल्ल क्युआर भिडायो । हेड अफिसकाले सपोट नगरिदिँदा, मै जान्ने हुँ भनेर शाखाकालाई हेप्दा, सात बजेसम्म बसेर काम गर्दा, काम पर्दा सात बजे फोन गर्दा नउठाईदिँदा दिक्क चाहि लाग्दो रहेछ । म पनि त यहि संस्थाको कर्मचारी हुँ नि । हाम्रै लागि हाम्रै सहयोगको लागि हेडअफिस होइन र ? ब्रान्चलाई चेक एन्ड व्यालेन्स गर्नलाई हेड अफिसको डिपाटमेन्ट होइन र ? नाफा त ब्रान्चले दिने हो नि । र, ब्रान्चकै नाफाबाट हेडअफिसकाले तलब र बोनस खाने होइन र ?

उफ्, धेरै सोचिएछ कि क्या हो तल्लो पेट पो कटक्क खायो । साँच्चि बेला पुगो मिन्स हुने । उफ सेनिटरी प्याड पनि ल्याउन बिर्सिएछु । ओआई पनि केटै छन् । मरेँ बाबा पेट दुखेर । टेलरको लेडिज स्टाफलाई प्याड छ भनेको छैन रे । केटा ओआईलाई के भनेर प्याड किन्न जानु । मेनेजर पनि केटै छन् हिम्मत आउदैन एकछिन तल पुगेर आउछु भन्नलाई मलाई । फेरि भर्खरै १२ बज्दैछ । तीन बजे खाजा खाने समय हो । कत्ति खेर तीन बज्छ र प्याड किनुम् मलाई हतार छ आज । म अविवाहित हुदाँ ममीले व्यागमा मैले बिर्से पनि सुटुक्क सेनिटरी प्याड हालिदिनु हुन्थ्यो तर के गर्नु सासु भनेको सासु नै हो सासुले हालिदिने कुरै भएन ।

उफ् सात बजिसक्यो, आज पनि टेलरको हिसाव नमिलेर क्याससर्ट भयो । आज पनि हिजोको जस्तो आठ बज्ने भयो । नयाँ यो टेलर बहिनी आएदेखि जहिल्यै क्यास सर्टका सर्ट । यो सिएसडिको काम पनि कहिल्यै नसकिने भयो । थाकेर लोत भइसक्यो । आठ बजिसकेछ । काम कहिल्यै सकिँदैन एउटा बैंकको सिएसडिमा बस्ने साथीले भन्थिन् माइक्रोमा चड्दा काम कहिल्यै सक्किदैन आफू त आजको डेक्स क्लिन गर्ने हो । भोलिका काम देखाजाएगा । हो साच्चै रहेछ म पनि त्यस्तै गर्न थालेकी छु । काम सक्ने भन्दा पनि आजको डेक्स क्लिन गर्ने । सवा आठ बजिसक्यो म हत्त न पत्त सुन्धारामा माइक्रो चढछु ।

उफ ! कस्तो भिड, रात पनि परिसक्यो । माइक्रो भरि भराउ छ । महिला सिटमा पुरुष बसेको छ । उठाउने हिम्मत आउदैन । सह-चालकले एउटा सानो मुढा दिन्छन । टुसुक्क बस्छु । मेरो दाया बाया दुवै तर्फको छेउछेउको सिटमा पुरुष बसेका छन् । माइक्रो बनेपातिर हुइकिन्छ । अफिसबाट निस्केर माइक्रो बस्दा अफिसको सबै टेन्सन हलुका हुन्छ । कामको बोझ हटेझै लाग्छ आजलाई । नजानिदो पाराले छेउमा बसेको अन्दाजी ४०/४५ वर्षको अर्धवैसे मानिसको खुट्टा मेरो खुट्टमा टासिन्छ । मान्छे पनि के साह्रो पात्तिएका । भिढभाढको फइदा उठाउँछन । नारी माथि किन पुरुषको सधैं बक्रदृष्टि । मलाई झल्यास्स सम्झना आउछ नेपाल प्रहरीले टिभिमा एक कार्यक्रममा भनेको सेप्टीपिन अभियान । म व्यागबाट सेप्टीपिन निकाल्छु । उसले देख्ने गरि, ऊ अनुहार कालो बनाउँदछ र आफनो खुट्टा अलि पर सार्छ । मेरो मन हलुका हुन्छ ।

करिव सवा नौ बजे बनेपा चौकमा माइक्रोबाट उत्रन्छु । उफ ! साँच्चि घरमा तरकारी पनि छैन । विहान पनि तरकारी नभएर गुन्द्रुकमा झोल हालेर खाएको । तरकारी लगेन भने त सासु आमाले मार्छिन । म इस्कुस, बोढी र लौका किन्छु । घर पुग्दा साडे नौ बज्छ । घर पुग्दा विहानको जुठो भाडा पनि जुठै रहछ । उफ ! घर वस्नेले कम्तिमा भाढा त माझिदिएको भए हुन्थ्यो । तरकारी त ल्याइदिए हुन्थ्यो । केहि सहयोग त गरिदिए हुन्थ्यो । कम्तीमा दाल सम्म बसाइदिए हुन्थ्यो । बुहारीकै बाटो हेर्नु पर्छ र श्रीमती कै बाटो हेनुपर्छ र श्रीमान्ले पनि कम्तीमा श्रीमती जागिरे छे, बैंकमा जागिर खान्छे, भ्याउदिन भनेर घरकाले कम्तिमा सहयोग गरिदिए हामी बंैकर बुहारी, बैकर श्रीमतीलाई कत्ति सहयोग हुन्थ्यो । कत्ति खुसी हुन्थ्यो हाम्रो मन ।

सासु आमाले आज त बोडी मिठ्ठो भएछ बुहारी भनेर फुर्काउदा म झसङ्ग हुन्छु  । ला ! नछुइने भएको वेला खाना पो झुक्किएर पकाएछु । मनमनै मुसुमुसु हास्दै ‘बोडी साच्चौ मिठो भएछ है आमा’ भनेर जवाफ फर्काउछु । ओछयानमा जाने वित्तीकै कत्तिखेर भुसुक्क हुन्छु थाहा नै हुदैन । श्रीमान कत्तिखेर ओछयानमा आइ मलाइ माया गर्दै गाला सुमसुमाउछन । म भने उसको कानमा साउती गर्दै भन्छु ‘म मिन्स भएको छु’ भर्खर ।

कहिले काही त लाग्छ नि घर भनो, परिवार भनो, उनीहरुकै लागि मरिहत्ते गरो । घर परिवारकाले नबुभिदिदा कत्ति गाह्रो हुन्छ हामी महिलालाई । कहिलेकाहि त लाग्छ नोकरी छोडिदिम । बरु गृहणि भएर बसुम, बरु आनन्दले घरमै बसुम, सास भि कभि वहु थि भन्ने सिरियल हेरुम, कुम कुम भाग्य हेरुम । अनि श्रीमानलाई खुशी राखेर, सासुलाई खुशी राखेर, ससुरालाई खुशी राखेर घरमै बसुम, बैंकको जागिर छोडुम । तर, आट आउदैन । होम लोन कसरी सेटल गर्नु । वर्षै पिच्छे आउने बोनसको खुसी कसरी बिर्सिनु, फोर्सलिभको एक महिनाको तलव कसरी बिर्सनु । अहिले कम्तिमा आफै कमाउने छु, श्रीमानसँग पैसा माग्नु परेको छैन, हुदैन हुदैन । यो नोकरि छोडे भने मेरो आत्मस्वाभिमानमा ठेस पुग्छ । मैले श्रीमानसँग पैसा माग्नुपर्छ ङ्गिक्च दात देखाउदै । कमाउदा त मलाई हेप्छन, नकमाउने बुहारी, श्रीमती भएँभने त झन हेप्छन । जे पर्ला पर्ला, नोकरी छोडदिन । फेरि बुबाले नोकरी चाहि नछोडेस भनेको सम्झन्छु । छोरा छोरी सानो हुदा त छोडिएन, अब त हुर्किसके, भो बरु दुःखै गर्छु ।

‘खाना पकाउने वेला भएन ? एक त डिलो आउने, कसैको नभएको जागिर ।’ म थाकेर यस्सो के ओछयानमा पल्टेको मात्र थिए सासु आमाले रिसले कराउदै भन्नु भयो । म चुप्प लाग्दै भान्सातिर लागे । रहरको दाल बसाउदै वोडि केलाउन थाल्छु । टिभि हेरिरहेका श्रीमान भान्सामा आई मलाइ पछाडिवाट च्याप्प समाउदै ‘चिया पकाउन’ भन्छन । म ‘तपाई मलाई माया गर्नु हुन्न’ भन्छु रिसाउदै । ऊ म आज रिसाएकी छु भनेर फकाउदै ‘माया गर्छु नि’ भन्छन । म भने कम्तिमा तपाई अफिसबाट चाढो आएपछि दाल त वसाइदिएको भए हुन्थ्यो भन्छु । उ सहयोग त गर्न मन लाग्छ नि आमाको अगाडि जोइटिग्रे भन्छ नि भनेर मुसुक्क हास्दै फरक्क फर्केर जानुहुन्छ । म पनि बुझछु । हुनत मेरो श्रीमान न सहयोगि चाहि पक्कै होइन तर नन्द, सासु, ससुरा भएको बेला पुरुष इगोले खान्छ । नभएको बेला चाहि सबै काम मेरो श्रीमाले गर्ने चाहि हो ।

खाना पाकिसकेपछि म डाइनिङ्गमा खाना पस्कन्छु । अनि सबै जना मिलेर खान्छुम । सासु आमाले आज त बोडी मिठ्ठो भएछ बुहारी भनेर फुर्काउदा म झसङ्ग हुन्छु  । ला ! नछुइने भएको वेला खाना पो झुक्किएर पकाएछु । मनमनै मुसुमुसु हास्दै ‘बोडी साच्चौ मिठो भएछ है आमा’ भनेर जवाफ फर्काउछु । ओछयानमा जाने वित्तीकै कत्तिखेर भुसुक्क हुन्छु थाहा नै हुदैन । श्रीमान कत्तिखेर ओछयानमा आइ मलाइ माया गर्दै गाला सुमसुमाउछन । म भने उसको कानमा साउती गर्दै भन्छु ‘म मिन्स भएको छु’ भर्खर । म ढाँटिदिन्छु ।

म ओछयानमा पल्टदै मन मनै सोच्छु यो भागदौडको जिन्दगी कत्ति दिनसम्म ? जागिरको तनाव कहिले सम्म ? टारगेटको पिडा कहिलेसम्म ? अचेल म सपनामा पनि श्रीमानसँग डुलेको, छोरा छोरीसँग खेलेको आफनो नीजि जिन्दगीको सपना देख्दिन । देख्छु त केवल अचेल सपनामा केवाइसी, एटीएम, एकाउन्ट ओपनिङ्ग । अनि जत्ति कोसिस गरे पनि कहिल्यै खुशी नहुने ओआईका रिसउठदो अनुहार । के काम छ ? कामै पो के छ र सिएसडिमा ? भनेर मिटिङ्गमा थर्काउने विएमका डरलाग्दा आँखा । अचेर मेरो सपनामा आइरहन्छन । म बैंकको जागिर छोडन मात्र सकेकी छैन । म बहुलाउन मात्र सकेकी छैन । सम्झन्छु होम लोन, वोनस,फोर्सलिभको एक महिनाको तलव । अस्ति भर्खर मेरो प्रमोसन भएको प्रमोसनको तलव ।
सायद म वहुला नहुदो हो त, बहुला जस्तो काम नगरेको हुदोहु त, म बैंकमा टिक्दीन थिएँ होला । १०,००० मेरो ग्राहकलाई सिएसडिमा बसेर चित्त नबुझाउथे त मेरो शाखाको नाफा यत्ति धेरै हुदैनथ्यो । हामीले अझ नाफा कमाउनुछ । अझ वोनस खानु छ । मैले घर–अफिसको सामन्जस्यता मिलाउदै अझ बौलाउनु छ । बैकका कर्मचारी साच्चै साँझ विहान नभनी कत्ति काम गरेका । वहुल्यै हुन बैंक र हामी सबै बैंकका कर्मचारी ।
गुनासो केवल यत्ति हो काम त गर्नैपर्छ । प्राइभेट नोकरी हो पेलिन त पेलिनै पर्छ । तर घर परिवारले बुहारी बैंकमा काम गर्छे, गह्रो छ, प्रेसर छ भनेर छोरी जत्तिकै हरेक सासुले बैंकर बुहारीलाई माया गरे, श्रीमानले पनि मेल इगोलाई अलि पर राखेर बैंकर श्रीमतीलाई इ सहयोग गरे हामी बैंकर महिलाहरु अलि धेरै खुसि हुन्थीम की । विन्ती यो मेरो मात्र पीडा, होइन हामी बैकर सबै महिलाका भाेगाइ हो ।

Share News