नबिल बैंकका सीईओ ढुङ्गानाले असार १७ गतेदेखि कार्यभार सम्हाल्ने

  २०७९ असार १५ गते १५:०६     विकासन्युज

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । उनले आगामी असार १७ गतेबाट लागू हुने गरी नबिल बैंकको सीईओको कार्यभार सम्हाल्ने छन् ।

त्यस्तै, सो बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहेनछन् । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् ।

एनबी बैंकका कर्मचारीहरूको भने एक तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ ।

एनबीलाई गाभ्नको लागि नबिलले आज मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यससँगै बैंकले असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने गरी तयारी थाल्ने बैंकले श्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.