शाइन रेसुङ्गा बैंकमा वेवसाइटबाटै वित्तीय सेवा लिन निवेदन दिन सकिने

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले वेवसाइट मार्फत विभिन्न बैंकिङ सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था मिलाएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले ग्राहकको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट पूरा गर्ने उद्देश्यले वेवसाइट मार्फत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ । आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले वेवसाइट मार्फत विभिन्न बैंकिङ सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था मिलाएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले ग्राहकको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट पूरा गर्ने उद्देश्यले वेवसाइट मार्फत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै खाता खोल्न, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको लागि निवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

बैंकको वेबसाइटमा गई ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गकोे निःशुल्क दर्ता/नविकरण /पासवर्ड रिसेट, मेरो शेयरको दर्ता/नविकरण/पासवर्ड रिसेट, सिआरएन नम्बर दर्ता तथा जानकारी, क्यूआर कोडको दर्ता/पासवर्ड रिसेट, डेबिट कार्डको दर्ता जस्ता सेवाहरु घरैबाट प्राप्त गर्न सक्नेछन् ।

यससँगै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरि निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र ७ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै बिभिन्न स्थानहरुमा थप १० वटा एटीएम सुचारु गर्ने प्रक्रियमा रहेको जानकारी गराएको छ ।

Share News