काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिटेन्सलाई बैंकिङ च्यानलबाट भित्र्याउन सरकारले पहल गर्न पर्ने बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
वैदेशिक रोजगारका लागि विदेश जाने नेपालीको लेखाजोखा राख्नुपर्ने पनि उनको भनाइ छ ।
यस्तै उनले बर्सौदेखि कर तिर्ने उधोगले लोडसेडिङको कारण खेप्नु पर्ने दुख सरकारले तत्काल समाधान गर्नुपर्ने बताए । जंगललाई व्यवसायीकरण गर्नुपर्ने पनि उनले बताएका छन् ।