संकट समाधान गर्न आयातलाई निरुत्साहित र निर्यातलाई प्रोत्साहन गरौं : अग्रवाल

  २०७९ वैशाख २१ गते १२:१५     विकासन्युज

काठमाडौं । नेपाल उधोग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले संकट समाधान गर्न आयात निरुत्साहित र निर्यातलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देशको आर्थिक स्तर बढाउन विभिन्न स्रोत साधन प्रयोग गर्न सकिने उनले बताए । औद्योगिक क्षेत्र बढाउदा आर्थिक स्थिति दरिलो बन्ने उनले बताए ।

निजी क्षेत्रलाई संगै लगेर अघि बढ्यो भने आफ्नो क्षमता वृद्धि गर्नु नै उधोगको क्षमता बढ्न नपाउँदा आयात बढेको अध्यक्ष अग्रवालले बताए । नेपालको उधोगबाट उत्पादन क्षमता बढाएर आयात प्रतिस्थापन गर्नु पर्ने उनको माग छ ।

उनले अर्थतन्त्र खुम्चिने वातावरणमा नजान सुझाव दिएका छन् । यसको रिफर्ममा ध्यान दिनु पर्ने उनको भनाइ छ ।

‘विदेशी लगानी, ‌‌औद्योगिकरण, उर्जाबाट हामी रिफर्म गर्न सक्छौं । यसको नतिजा ४/५ वर्षपछि आउँछ,’ उनले भने ।

औद्योगिकरण १र२ वर्षमा गर्न नसकिने र त्यसका लागि नीति निर्माणमा ध्यान दिनु पर्ने उनले बताए ।  उद्योगको क्षमता नबढ्दा आयात बढेको भन्दै उद्योगको क्षमता बढाउने नीति बनाउनु पर्ने पनि उनले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.