विश्व बैंककी अर्थशास्त्री एलिस भन्छिन- आत्तिनु पर्दैन, सजग हुनु पर्छ

<p>काठमाडौं । विश्व बैंककी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले वर्तमान नेपालको अर्थतन्त्रको विषयलाई लिएर आत्तिन नहुने धारणा राखेकी छिन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् । उनले कार्यक्रममा रुस र युक्रेनको युद्दको कारणले नेपालको मुद्रास्फीति बढ्ने संकेत देखिएको पनि बताइन् । यस्तै, उनले अहिलको अवस्थाबाट बच्नको लागि सजग [&hellip;]</p>

काठमाडौं । विश्व बैंककी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले वर्तमान नेपालको अर्थतन्त्रको विषयलाई लिएर आत्तिन नहुने धारणा राखेकी छिन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।

उनले कार्यक्रममा रुस र युक्रेनको युद्दको कारणले नेपालको मुद्रास्फीति बढ्ने संकेत देखिएको पनि बताइन् ।

यस्तै, उनले अहिलको अवस्थाबाट बच्नको लागि सजग भने हुनु पर्ने बताइन् । अर्थतन्त्र सुधारका उपायहरु अवलम्बन गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

‘अहिले नेपाल संकटको अवस्थामा छैन, अर्थतन्त्र सुधारका उपाय अवलम्बन गरेर अगाडि बढ्न सकिन्छ, वाह्य कारणले मुद्रास्फिति बढ्ने होकि भन्ने संकेत देखिएको छ, यसका लागि स्वदेशी उत्पादन वृद्धिमा प्राथमिकता दिनु पर्छ,’ उनले भनिन् ।

Share News