फलानोले गर्दा बिग्रिएको म: बैंकर जोशीको लेख

  २०७८ फागुन २६ गते १४:०५     हरिकृष्ण जोशी

एक दिन कार्यकक्षमा काम गरिरहेको बेला फोनको घण्टी बज्यो । मैले उठाएँ । उताबाट प्रश्न आयो कहाँ छस ? मैले अफिसमै छु भनेपछि तँलाई तेरो अफिस भेटन आएँ भन्यो र फोन काट्यो । लगभग १५ देखी १७ मिनेटको विचमा उ मेरो कार्यकक्षमा आईपुग्यो । एकैछिनको भलाकुसारी पछी उसले मलाई भन्यो– ‘यार म त पछाडि परेनी फलाना कारणले नत्र आज म पनि ठुलै पोष्टमा पुग्थेनी । मलाई फलाना फलानाहरुले अगाडि बढन् दिएनन् नी ।’ उसले यस्तो भनेपछि म एकछिन केही नबोलीकन उसको मुखमा हेरेर बसीरहेँ ।

२०/२५ सेकेण्डपछि मैले उसलाई भने तँलाई कहिले देखि सुगर र कोल्ड स्टोर भयो र भनेको चिज खान पाएका छैनस् ? भनेपछि उसले सजिलै उत्तर दियो- ‘चार बर्ष जती भयो यार ।’ अनि मैले भनेँ- ‘कुन साथी, आफन्त र सहकर्मीमित्रबाट असहयोग भयो र तँलाई सुगर र कोलेस्टाेर भयो त ?

उ केही नबोलीकन बस्यो यसको अर्थ उ नजवाफ भयो । त्यसपछि मैले उसलाई भनेँ-‘यो पनि मिल्ने भए आफनो खानपानको दोष तैँले अरुलाइ नै लगाई दिन्थिस् तसर्थ तैँले सोचेको ठाउँमा पुग्न नसक्नु भनेको अरुले असहयोग गरेर मात्रै होईन आफनो क्षमता चिनेर काममा निरन्तरता नभएर हो ।’

सोच्ने वित्तिकै र अरुको देख्ने वित्तिकै सफलता मिल्दैन भनेपछि उसले केही सेकेण्डकाे अन्तरालमा कुराकानीको विषय अन्तै लग्यो किनकी उ र म विगत १२/१३ वर्ष देखि संगै छौ र एकले अर्कालाई राम्ररी चिन्छौ अझ भनाैं हामी त लगुंटीया यार ।

हामीहरु आफूले पाएको उपलब्धिलाई खासै महत्वले हेर्दैनौ बरु अरुको उपलब्धिसँग तुलना गर्छौ र जिवनभरी नै चिन्तित भएर बेकाममा अरुका कुरा काटी समय बेतीत गरी जिवन चलाईरहेका छौं । बानी नै परीसकेको छ हामीलाई आफनो उपलब्धी अरूसँग तुलना नगरी खाएकै नपच्ने । तुलनात्मक खुसीमा अल्झिएका हामी वास्तविक खुसीको मुहारनै बिर्सिसक्यौ ।

हामीसँग कामका लागि धेरै विकल्प छन् । जसले आफनो ईच्छा, चाहानालाई पुरा गर्न तर्फ प्रेरित गर्दछ । तर हामी ती विकल्प छाडी अरुको देखासीकीमा लाग्यौं । जसले हामीलाई आफ्नो कार्यक्षमता भन्दा बाहिर लग्यो र हामीलाई हाम्रो ईच्छा, चाहाना अनुसारकाे सफलता मिलेन र हामी डिप्रेशन तिर धकेलियाैं । हाम्रो जिवन अनमोल छ । जीवनभन्दा अर्को ठूलो धन छैन । तर, हामी जीवनलाई नै धरापमा राखी अर्काको देखासीकी र भौतीक सेवा सुविधामा केन्द्रीत भई आफ्नै जिवनलाई पछाडीतिर धकेलीरहेका छौं ।

जिन्दगीमा धेरै उतारचढावहरु आउँछन कहिले काही आफुँ खुसी हुँदा अरु दुखी हुन्छन् । कहिले आफू दुखी हुँदा अरु खुशी हुन्छन । जिवनको यस्तै दौरानमा हामीले धेरैसँग व्यक्तिगत रुपमा रिसिबी लियाैं । अरु मानिस पनि अगाडि बढनु पर्छ भनेर हात तान्ने कोसिस कहिल्यै गरेनौं । बरु अरु सबैलाई पछाडी पार्नको लागि खुट्टा तान्ने कोसीस गर्याैं । जिवनमा अरुको खुट्टा तान्दा महाभारतको लडाइ नै जितेको महसुस गर्याैं आफुलाइ आफनो जितमाभन्दा पनि अरुको हारमा रमाईरह्याैं ।

संसारमा सबैभन्दा ठुलो धन ,धनभन्दा ठुलो तन (शरीर )तनभन्दा ठुलो मन हो । अरुसँग भएको धनले हाम्रा लागि कुनै महत्व राख्दैन अरुको धनले उ आफै ठुलो हुने हो भने तपाईंको लागि त तपाइसँग भएको धन नै ठुलो हो तसर्थ तपाईंसँग जति छ त्यो नै तपाईंको हो ।

तपाईंले अरुलाई ठुलो र धनी देखीरहँदा तपाईंलाई पनि ठुलो र धनी देख्नेहरु छन् उनीहरुका लागी तपाई प्रेरणाको स्रोत हो । तसर्थ जिवनमा समस्या छ र त समाधान पनि छ । समस्या छ र त समस्याको कारण पनि छ । जिवनमा बिना कारण समस्या आउँदैन भन्ने कुरा बुझ्न जरुरी छ र सत्यलाइ स्वीकार्नु पर्दछ । जीवनभर समस्या आईरहन्छ तर सहि समाधान खोज्नु सक्नुपर्दछ । टाउको दुख्ने वित्तीकै दुःखाई कम हुने औषधि खाए र एकछिनलाई ठिक पार्नुभन्दा के कारणले टाउको दुखेको हो सो पत्ता लगाई सोही अनुसार उपचार गर्नुपर्दछ अन्यथा पैसा र स्वास्थ्यमा झन समस्या थपिनु बाहेक अरु केही हुँदैन ।

खाली आफुलाई अरुसँग तुलना गरी अरुको प्रगतिमा रिस डाहा गर्ने हामीहरु एक चोटी ऐना अगाडी बसेर आफुले आफुलाई केही प्रश्न गर्नु पर्ने दिन आएको छ । म के का लागी यो गर्दैछु ? के म अरुलाई दोष नदिई बाच्नै सक्दिन ? किन र कसरी म यस्तो भएँ ? मैले मेरा आफ्नो लागि कति समय दिएँ ?

मैले मेरो साधारण जीवन चलाउनको लागि यी सब गर्न आवश्यक छ ? भनेर प्रश्न गर्दै ऐनामा आफुलाई हेर्नुहोस त्यसपछि बल्ल थाहा हुनेछ म गलतनै रहेछु । हामीले जीवनकालमा के गर्याैं भनेर इतिहासले हेर्नेछ । आफ्ना नव सन्तानहरुले हेर्नेछन् । तसर्थ हामी जिवित जातमा सर्वश्रेष्ठ प्राणी हौँ । यो एक बारको जुनीमा अरुलाई दोष थुपार्ने र रिस मात्र गर्ने होइन मानवताको धर्म सम्झी अनुशासित पुर्व सत्कर्म गर्दै अगाडी बढाैं ।

(लेखक ग्लोबल आईएमई लघुवित्तका सीईओ हुन् )

2 comments on "फलानोले गर्दा बिग्रिएको म: बैंकर जोशीको लेख"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.