‘राष्ट्र बैंकले २५ हजार व्यवसायीको विजनेस चौपट पार्न खोज्यो, तस्कर मौलाउने भए’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेसँगै सुनचाँदी व्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले राष्ट्र बैंकले अनेक कारण देखाएर सुन आयातमा कडाई गरेर व्यवसाय नै चौपट पार्न खोजको आरोप पनि लगाएका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले राष्ट्र बैंकको यो व्यवस्थाले २५ हजार व्यवसायी र २ लाख बढी कामदारहरु प्रत्यक्ष [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेसँगै सुनचाँदी व्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले राष्ट्र बैंकले अनेक कारण देखाएर सुन आयातमा कडाई गरेर व्यवसाय नै चौपट पार्न खोजको आरोप पनि लगाएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले राष्ट्र बैंकको यो व्यवस्थाले २५ हजार व्यवसायी र २ लाख बढी कामदारहरु प्रत्यक्ष समस्यामा पर्ने बताए ।

‘हामी अब तत्काल बैठक बस्दैछौं, राष्ट्र बैंकको व्यवस्थाको प्रतिकार गर्छौं, अब बजारमा सुन नै पाइँदैन, २५ हजार वयवसायीहरुको व्यवसाय चौपट हुन्छ, २ लाखले रोजगारी गुमाउँछन्,’ उनले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले पनि नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेर व्यवसायीहरुलाई थप समस्यामा पार्न खोजेको बताए ।

उनका अनुसार व्यवसायीहरुले आयातको सीमा बढाउनु पर्ने माग राख्दै आएपनि राष्ट्र बैंक्ले झन आयातको सीमा घटाउँदा व्यवसाय नै चौपट हुनेछ ।

हामीले दैनिक ४० केजी सीमा हुनु पर्छ भनेर माग राख्दै अएका थियौं तर, राष्ट्र बैंकले १० केजीमा झार्यो, यसले व्यवसायीहरु नै पलायत हुने अवस्था आउँछ, नयाँ–नयाँ व्यापारीहरु आइरहेको समयमा यस्तो व्यवस्था गर्न उचित हुँदैन, अहिले विदेशी मुद्रा र मूल्यलाई लिएर कडाई गरियो, यसले तस्करहरु मौलाउने जोखिम हुन्छ,’ उनले विकासन्युजसँग भने ।

यस्तै, उनले तत्काल महासंघले कार्य समिति बैठक राखेर यो निर्णयको प्रतिकार गने बताए ।

नेपाल राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दै सुन आयातमा कडाई गरेको छ । परिपत्रमा उल्लेख भए अनुसार अब दैनिक १० किलो मात्रै सुन आयात गर्न पाइने छ ।

पछिल्लो समय राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमाा कडाई गरिरहेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंक आयातित वस्तुमा कडाई गर्न बाध्य भएको हो ।

सम्बन्भित सामग्री: सुन आयातमा राष्ट्र बैंकको कडाई

Share News