कुमारी बैंकका कामु र डेपुटी सीईओले दिए राजीनामा, तेस्रो बरियताका खनालले पाए जिम्मेवारी

<p>काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएका छन् । दुवै जनाले पदबाट राजीनामा दिएर बाहिरिएका हुन् । उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका हुन् । बैंकले केही दिन अघि मात्रैं स्वेच्छिक अवकास स्कीम (भीआरएस) ल्याएको थियो । सोही अन्तर्गत उनीहरु बाहिरिएका हुन् । [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएका छन् । दुवै जनाले पदबाट राजीनामा दिएर बाहिरिएका हुन् ।

उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका हुन् । बैंकले केही दिन अघि मात्रैं स्वेच्छिक अवकास स्कीम (भीआरएस) ल्याएको थियो । सोही अन्तर्गत उनीहरु बाहिरिएका हुन् । दुवै जनाले १२ महिनाको तलब लिएर बाहिरिएकाे पनि बुझिएकाे छ ।

अहिलेसम्म उनीहरुले स्कीम मन परेर स्वच्छिक अवकास लिएको भनेपनि कारण भने अन्य नै रहेको बैंक स्रोतको भनाई छ । गायक योगेश्वर अमात्यको जग्गा नक्कली धितो राखेर कुमारी बैंकले ऋण दिएपछि कामू सीइओ तिमिल्सना र डेपुटी सीइओ अनुसन्धानमा पनि तानिएका थिए । यद्यपि उनीहरु पछि निर्दोश ठहरिए ।

कामु सीईओ र डेपुटी सीईओ दुबै जना बैंकबाट बाहिरिएपछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी तेस्रो वरियतामा रहेका रामचन्द्र खनाललाई दिएको छ । यस अघि बैंकको चिफ अपरेटिङ अफिसर रहेका खनाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरी कामु सीईओको जिम्बेवारी दिइएको हो ।

Share News