इच्छाराज तामाङलाई पुर्पक्ष्यका लागि थुनामा पठाउन अदालतको आदेश

<p>काठमाडौं । बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्ष्यका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले सभिल सेभिङ्ग तथा क्रेडिट सहकारी संस्थाका सञ्चालक तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्ष्यका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायधिश राजकुमार कोइरालाको एकल [&hellip;]</p>

काठमाडौं । बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्ष्यका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले सभिल सेभिङ्ग तथा क्रेडिट सहकारी संस्थाका सञ्चालक तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्ष्यका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायधिश राजकुमार कोइरालाको एकल इजलाशमा भएको सुनुवाईमा तामाङ र श्रेष्ठलाई थुनामामा पठाउन आदेश दिएको हो ।

अन्य प्रतिवादीलाई भने धरौटीको माग गरिएको बताइएको छ । काठमाडाैं जिल्ला अदालतका सूचना अधिकारी दिपक अधिकारीले १२ जना प्रतिवादीलाई धरौटी माग गरिएकाे बताए ।

उनका अनुसार १० जना प्रतिवादीलाई न्यूनतम ५ लाखदेखि अधिकतम  ५० लाख रुपैयाँ धराैटी माग गरिएकाे हाे । अदालतले विजयविक्रम साह, एलिना तुलाधर, बुद्धराज तामाङ, कैस्तुभ चेतन ढुङ्गाना, भगवानबहादुर सिंह, संगित श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहर प्रसाद लामिछानेलाई धराैटी माग गरेकाे हाे ।

तीन सातादेखि अदालतमा प्रतिवादीको थुन्छेक बयान, निजी वकिलको वकालत भइरहेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गरेको थियो ।

तामाङ लगायत ४३ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको थिया । जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगो सहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

कोसँग कति मागियो धरौटी ?

Share News