नाडा कार्यसमिति सदस्यमा तीन जना मनोनित

  २०७८ पुष ७ गते १४:३५     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुववहादुर थापाले केन्द्रीय कार्यसमिति सदस्यमा तीन जनालाई मनोनयन गरेका छन् ।

गत मंसिर २३ गते काठमाडौंमा नाडाको ४५ औं वार्षिक साधारण सभाले नाडाको अध्यक्षमा निर्वाचित अध्यक्ष थापा सहित कार्यसमिति सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा अध्यक्ष थापाले जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल, हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा र स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठलाई सदस्यमा मनोनित गरेका हुन् । मनोनित तीन सदस्यमध्ये अग्रवाल नाडा निर्वाचनमा पराजित भएका थिए ।

मनोनित तीन वटै सदस्य मोटरसाइकल आयात तथा विक्री गर्ने कम्पनीका प्रतिनिधि हुन् ।

नाडाको विधान अनुसार १७ जना निर्वाचित सदस्य, ७ जना प्रदेशबाट निर्वाचित सदस्य र तीन जना मनोनित सदस्यसहित २७ जना सदस्य रहने व्यवस्था छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने छन् ।

पदाधिकारीमा निर्वाचन

गत मंसिर २३ गते नाडाको सदस्यमा १७ जना निर्वाचित भएका थिए । निर्वाचित सदस्यमध्येबाट पदाधिकारीका लागि आज निर्वाचन हुन लागेको नाडाले जनाएको छ ।

नाडा सचिवालयले पदाधिकारीका लागि आज अपराह्न ४ बजे निर्वाचनको तयारी भएको जनाएको छ ।

नाडाको विधान अनुसार कार्यसमिति सदस्यहरू मध्ये ४ उपाध्यक्षसहित महासचिव, सचिव, कोषध्यक्ष र सहकोषाध्यक्ष चयन हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.