किशोर महर्जनले देखाए चमत्कार, २७ वर्षपछि प्रोग्रेसिभको लाभांश घोषणा

  २०७८ पुष २ गते १३:२५     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले २७ वर्षपछि लाभांश घाेषणा गरेकाे छ । पछिल्लो २७ वर्षदेखि यता लाभांश घोषणा नगरेको फाइनान्सले एकैपटक आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत २०५१ सालमा स्थापना भएको संस्थाले हालसम्म सेयरधनीलाई लाभांश खुवाउन सकेको थिएन । किशाेर महर्जन अध्यक्ष भएर आएसँगै संस्थाले २७ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्ने भएकाे छ । अध्यक्ष महर्जन पुराना बैंकर समेत हुन् ।

संस्थाले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ छ । ७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८५ करोड ६१ लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.