काठमाडौं । संचालनमा रहेकामध्ये १५ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गरेको घोषणा अनुसार सेयरधनीलाई सबैभन्दा बढी लाभांश हिमालयन बैंकले दिने भएको छ भने सबैभन्दा कम कुमारी बैंकको छ ।
बैंकहरुले सार्वजनिक गरेको लाभांश अनुसार हिमालयन बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई २६ प्रतिशत लाभांश दिएको छ । यसमध्ये २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश छ ।
यस्तै, अहिलेसम्म लाभांश घोषणा गर्ने १५ वटा वाणिज्य बैंकहरुमा सबैभन्दा कम लाभांश घोषणा गर्नेमा कुमारी बैंक परेको छ । कुमारी बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश गरी जम्मा ८.६७ प्रतिशत लभांश दिने भएको हो ।
सार्वजनिक गरिएको लाभांश दर अनुसार एनएमबी बैंकले कुल १५.८ प्रतिशत, सिद्धार्थ बैंकले १५, माछापुच्छ्रे बैंकले १४, एभरेष्ट बैंकले १०.३२, नेपाल बंगलादेश बैंकले १५.५, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १३.०६ र नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने भएको छ ।
यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले १६, सानिमा बैंकले १७.८९, नेपाल बैंकले १७, ग्लोबल आईएमई बैंकले १३.५, एनआईसी एसिया बैंकले १५.७९ र बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यसरी लाभांश घोषणा गरेका बैंकमध्ये कुमारी, माछापुच्छ्रे, सिटिजन्स र सानिमा बैंकको बुक क्लोज भइसकेको छ ।
सम्बन्धित समाचार