अर्थमन्त्रीको प्रश्नः मन्त्रीले बोलेर सेयर बजार घट्ने हो र ?

  २०७८ असोज ५ गते १३:३४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका व्यक्तिहरुले सेयर बजार घटेकोप्रति आफुमाथि आरोप लागेको बताएका छन् । मंगलबार अर्थशास्त्र केन्द्रिय विभाग त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धि कार्यक्रममा अर्थमन्त्री शर्माले केही व्यक्तिहरुले आफुमाथि बजार घटेको आरोप लागेको बताउँदै त्यस्तो नगर्न पनि आग्रह गरे ।

‘मैले यसअघि चार्टर्ड एकाउण्टेडहरुको कार्यक्रममा सेयर बजारको बारेमा थोरै बोलेको थिएँ, मैले बोलेकै कारण सेयर बजार घटेको ममाथि आरोप लाग्यो, के मन्त्री बोल्ने बित्तिकै सेयर बजार घट्ने हो र ? उनले उपस्थितहरुसँग प्रश्न गरे’

सेयर बजारभित्र क-कसले के गरिरहेको छ भन्ने विषयमा अध्ययन नगरी अर्थात थाहै नपाई कसैमाथि आरोप लगाउन नहुने उनकाे भनाई छ।

सेयर बजारभित्र के कस्तो भइरहेको छ ? कसले के गरिरहेको छ भनेर थाहा पाउनु पर्छ, मन्त्रीकाे बाेलेकै आधारमा यस्ताे भन्नु हुँदैन, तर, यहाँ कसले के गरिरहेको छ के थाहा,’ उनले भने ।

यस्तै, उनले उत्पादनमा आधारित अर्थतन्त्रमा ध्यान दिनु पर्ने बताए । उनले उद्योगभन्दा पनि ट्रेन्डका आधारमा अर्थतन्त्र चलेको बताउँदै त्यसमा सुधार गर्नु पर्ने धारणा पनि राखे ।

यस्तै, कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन कुमार गोल्यानले सेयर बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताए । गैर आवासीय नेपाली (एनआरएन)हरु मार्फत लगानी भित्र्याई मर्चेन्ट बैंकिङ च्यानलबाट सेयर बजारमा लगानी ल्याउनु पर्ने उनको धारणा छ ।

सबैले मिलेर बजारमा लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्ने बताउँदै उनले बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न पाउनु पर्ने व्यवस्था पनि गर्नु पर्ने बताए ।

यस्तै, उनले विदेशीबाट सस्तो व्याजदरमा विदेशी मुद्रामा ऋण ल्याई नेपाली मुद्रामा कर्जा प्रवाह गर्दा उत्पन्न हुने जोखिम राष्ट्र बैंकले व्यवस्थापन गर्ने गरी हेजिङ सम्बन्धी नीतिगत व्यवस्था गरिनु पर्ने पनि धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.