गर्भनरलाई अर्थमन्त्रीले फोन गरेपछि सेयर बजारमा १६२ अंकको वृद्धि

  २०७८ भदौ २१ गते १५:२७     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजारको मूल्य परिसूचिक नेप्से १६२ अंकले वृद्धि भई २९८० अंक भएको छ ।

दिनभरमा १८५ वटा कम्पनीको सेयर किनबेच भएकोमा सबै कम्पनीको सेयर मूल्य वढेको छ । त्यसमा ४२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिशतका आधारमा ५.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ । सोमबार मूल्यमा उच्च वृद्धि आए पनि कारोबार भने ९ अर्ब ८२ करोड रुपैयाँ बराबर भएको छ ।

आइतबार सेयर बजारमा १०८ अंकको गिरावट आएको थियो । आइतबार पाँच प्रतिशतले बजार घटेपछि नेप्सेमा सर्किटब्रेक लागेको थियो । मूल्यमा उच्च गिरावट आएपछि लगानीकर्ता राष्ट्र बैंकसँग आक्रोशित बन्दै विरोधमा उत्रिएका थिए ।

लगानीकर्ताको एउटा समूहले आईतबार नै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको थियो भने सोमबार विरोध प्रर्दशन गर्दै राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको थियो ।

लगानीकर्ताको साहानुभूति लिन अर्थमन्त्री जनार्दन शर्माले सोमबार विहान गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेको र सेयर बजारप्रति नकारात्मक असर पार्ने नीतिमा परिमार्जन गर्न निर्देशन दिएको अर्थमन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयको विज्ञप्ती सार्वजनिक भएपनि सेयर बजारमा हरियाली छाउन शुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.