अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्ष आइपिओमा जाने

  २०७८ भदौ १७ गते १८:१८     विकासन्युज

काठमाडाैं । अर्घखाँची सिमेन्टले उत्पादन गरिरहेकाे अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेडको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणी करण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

आफ्ना उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ ।

‘हाल सम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको छ ।

यस्तै गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले आइपीओमा जाने तयारी सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.