मर्यादाविपरित काम गरेका बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गरिन्छ: अर्थमन्त्री

  २०७८ भदौ ४ गते १६:३०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदीय मर्यादाविपरित काम गरेका नियमक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीमाथि आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भदौ ४ गते बैठकमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो बताएका हुन् ।

उनले बोर्ड र नेप्सेका पदाधिकारीहरुले अनुचित ढंगले परिवारका सदस्यको समेत सेयर खरिद गरेको समाचार आएको उल्लेख गर्दै त्यसको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले छानवीनको कामलाई अन्तिम चरणका पुर्याएको पनि समितिलाई जानकारी दिए ।

साथै, उनले सर्वसाधारणको विश्वास जित्ने गरी सेयर बजारलाई अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले पदीय मर्यादाविपरित आफ्ना परिवारका सदस्यलाई सर्वोत्तम सिमेन्टको सेयर खरिद गराएको समाचार विभिन्न समाचार माध्याममा आएपछि अर्थ समितिले सो सम्बन्धमा सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको थियो ।

अर्थमन्त्री शर्माले नियामक निकायबाटै सेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानवीनका लागि ५ सदस्यीय समिति समेत बनाएको समितिको बैठकमा जानकारी दिएका थिए ।

यो पनि पढ्नुहोस्

अध्यक्ष ढुङ्गाना र सीईओ साउदलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.