हिमालयन रिले असारभित्रै कारोबार सुरु गर्ने, विदेशी सीईओ खोजिँदै

<p>काठमाडौं । बीमा समितिबाट व्यवसाय संचालनको सैद्धान्तिक अनुमति पाएको हिमालयन रिले चालु आर्थिक वर्षभित्रै व्यवसाय सुरु गर्ने भएको छ । सैद्धान्तिक अनुमति पाएको ६ महिनाभित्र व्यवसाय सुरु गर्न कानुनले छुट दिने भएपनि चालु आर्थिक वर्षभित्रै कारोबार संचालन गर्ने तयारी कम्पनीले गरेको छ । चालु आर्थिक वर्षभित्रै कारोबार सुरु गरिसक्ने गरी आन्तरिक तयारी भइरहेको कम्पनीका एक [&hellip;]</p>

काठमाडौं । बीमा समितिबाट व्यवसाय संचालनको सैद्धान्तिक अनुमति पाएको हिमालयन रिले चालु आर्थिक वर्षभित्रै व्यवसाय सुरु गर्ने भएको छ । सैद्धान्तिक अनुमति पाएको ६ महिनाभित्र व्यवसाय सुरु गर्न कानुनले छुट दिने भएपनि चालु आर्थिक वर्षभित्रै कारोबार संचालन गर्ने तयारी कम्पनीले गरेको छ ।

चालु आर्थिक वर्षभित्रै कारोबार सुरु गरिसक्ने गरी आन्तरिक तयारी भइरहेको कम्पनीका एक संचालकले जानकारी दिए । हिमालयन रिले महाराजगञ्जमा कार्यालय स्थापना गरेर आन्तरिक तयारी थालिसकेको छ ।

‘चालु आर्थिक वर्षभित्रै कारोबार संचालन गरिसक्ने गरी आन्तरिक गृहकार्य गरिरहेका छौं, कम्पनी दर्ता भइसकेको छ, त्यसैले यो महिनाभित्र कारोबार संचालन गर्न सकिन्छ,’ कम्पनीका एक संचालकले विकासन्युजसँग भने ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । यसमध्ये संस्थापक सेयरधनीले ७ अर्ब रुपैयाँ (७० प्रतिशत) हालेका छन् भने सर्वसाधारण सेयरधनीको लागि ३ अर्ब रुपैयाँ (३० प्रतिशत) छुट्टयाइएको छ । सरकारी लगानीका २ वाणिज्य बैंकहरु नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ५०/५० करोड रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीको संचालक समिति अध्यक्ष शेखर गोल्छा छन् । यस्तै, संचालकहरुमा उद्योगीहरु साहिल अग्रवाल, अमित मोर र रोहित गुप्ता छन् । अमित गुप्ता नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरका छोरा हुन भने रोहित गुप्ता उद्योगी रमेश गुप्ताका छोरा हुन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोजी भइरहेको ती संचालकले जानकारी दिए । कम्पनीले नेपालमा गर्ने पुनर्बीमा व्यवसाय धेरै नहुने र विदेशमा व्यवसाय खोज्नुपर्ने भएकोले विदेशी सीईओ राख्ने तयारी भएको उनको भनाई छ ।

‘नेपालमा पुनर्बीमा व्यवसाय निश्चित आकारको छ, नेपालबाट जति व्यवसाय आउनु पर्ने हो, त्यति आइहाल्छ, हामीले खोज्नुपर्ने भनेको विदेशी बजार हो, त्यसको लागि विदेशी सीईओ राखेर व्यवसाय विस्तारको योजनामा छौं, विदेशी सीईओ राख्नेगरी गृहकार्य भइरहेको छ, निषेधाज्ञाको कारण अन्तराष्ट्रिय उडान नरोकिएका भए विदेशी सीईओको अन्तरवार्ता पनि भइसकेको हुने थियो, अब छिट्टै हुन्छ,’ ती संचालकले भने ।

Share News