मनकामना स्मार्ट लघुवित्तले आईपीओ जारी गर्न पायो बोर्डको स्वीकृति

  २०७८ असार ८ गते १६:२१     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । संस्थाले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति पाएको हो ।

बोर्डले गत असार ६ गते मात्रै संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले एक सय अंकित दरका ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्ने छ ।

संस्थाले अको केही दिनमा सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत सेयर जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.