धितोपत्र बोर्डको विज्ञप्ति विरुद्दको रिटमा सुनुवाई सकियो

  २०७८ असार ६ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्द अहिले सर्वोच्च अदालतमा सुनुवाई सम्पन्न भएको छ । आज बिहान १० बजेका लागि तोकिएको पेशीमा सुनुवाई भई दिउँसो साढे २ बजे सुनुवाई सकिएको हो ।

रिट पेश गरेका अधिवत्ता रोविन बोहजुले सुनुवाई भइसकेको र अबको केही बेरमा आदेश आउने जानकारी गराएका हुन् ।

‘हामीले राखेको रिटमा सुनुवाई भइसकेको छ, त्यसमा आदेश आउन बाँकी छ, हामीले राख्नु पर्ने सबै कुरा राखेका छौं, अबको केहीबेरमा आदेश आउला । हेरौं के आउँछ’, उनले विकासन्युजलाई जानकारी दिँदै भने ।

न्यायधिश डा. कुमार चेडालको इजलाशमा सुनुवाई भएको सो रिटमा अधिवक्ता रोविन बोहजु वहस गरेका थिए । अधिवक्ता बोहजुले नै धितोपत्र बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त भन्दै जारी गरेको विज्ञप्ति कानुन सम्मत नभएकोले उक्त विज्ञप्तिलाई बदर गर्न माग गरिएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.