इन्फिनिटी लघुवित्तले डाक्यो विशेष साधारणसभा, असार ८ गते बुक क्लोज

  २०७८ जेठ ३१ गते ११:५९     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आगामी असार २१ गते विशेष साधारणसभा आव्हान गरेको छ । सो प्रयोजनको लागि संस्थाले आगामी असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त सभा असार २१ गते बिहान ९ बजे नवलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बस्दै छ ।

सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तलाई स्वीकृति दिने विशेष प्रस्तावलाई पारित गर्दै छ । नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर दिने गरी स्वाप रेसियो कायम गर्ने गरी सेयर मूल्य अनुपात कायम गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ ।

त्यस्तै, संस्थाले सभामा बोनस तथा नगद लाभांश र हकप्रद जस्ता कुनै पनि प्रस्ताव लगेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.