सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्कालाई नियुक्त गरिने

  २०७८ जेठ १३ गते १६:०७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव जेठ १३ गते दिउँसो ११ बजेसम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकले उनलाई आगामी ४ वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतिको लागि नियमनकारी निकाय बीमा समितिमा पठाउने बैठकले निर्णय गरेको छ ।

हाल खड्काले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.