नागरिक लगानी कोषले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । नागरिक लगानी कोषले गत वर्षको लाभांश घोषणा गरेको छ । कोषले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ८.८९४७ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषले गत वर्षको लाभांश घोषणा गरेको छ । कोषले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

चैत २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ८.८९४७ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृत तथा साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

उक्त प्रस्तावित लाभांश गत १० वर्षको अघिको तुलनामा हालसम्मकै न्युन हो । याे अवधिमा संस्थाले न्युनतम २३ र अधिकतम ४१ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरिसकेको छ ।

Share News