मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा

  २०७७ चैत २० गते ९:५१     विकासन्युज

काठमाडौं । मेरो सेयरको साइटमा अनिश्चित समयसम्मका लागि समस्या आउने भएको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)ले मेरो सेयरको स्तरोन्नती गर्नको लागि आवश्यक कार्य गरिरहेकोले सेवाग्राहीलाई सेवा लिन असज हुने भएको हो ।

उक्त काम सम्पन्न नभएसम्म मेरो सेयर नखुल्ने तथा आफै लग आउट हुने जस्ता समस्या आउने संस्थाले जानकारी गराएको छ । त्यसैले यो अवधिसम्म धैर्यताका साथ मेरो सेयर प्रयोग गर्न सिडिएसले आग्रह गरेको छ ।

बीचमा पनि सर्भर थप्दै आएको सिडिएसले हालै नयाँ सर्भर इन्स्टल गर्ने क्रममा पनि सानोतिनो समस्या आइरहेको बताएको छ । डाटा सर्भरको क्यापासिटी बढाएको र सो स्टेबल हुन समय लाग्ने तथा अन्य थप काम भइरहेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले विकासन्युजसँग भने ।

साथै, यो अवधिमा सकेसम्म विभिन्न २ वटा विन्डोमार्फत सेवा लिन सिडिएसले सेवाग्राहीलाई अनुरोध गरेको छ । यससँगै, सेवाग्राहीले आफ्नो ब्राउजरको ‘इन्कग्निटो विन्डो’ वा ‘प्राइभेट विन्डो’ मार्फत सेवा लिन सक्नेछन् ।

कसरी खोल्ने इन्कग्निटो विन्डो ?

यो इन्कग्निटो विन्डो गुगल क्रोम ब्राउजरबाट खोल्न मिल्छ । यो खोल्न पहिला कम्युटर/ल्यापटप तथा मोबाइलको गुगल क्रोममा गएर नयाँ ब्राउजर खोल्नुपर्छ । त्यसपछि ब्राउजरको एड्रेसबारको दायाँ भागमा रहेको तीन वटा थोप्ला भएको बटनमा क्लिक गर्नुपर्छ (अर्थात कन्ट्रोल प्लस सिफ्ट प्लस एन एकैपटक दाब्ने) । त्यसपछि आएको अप्सनमध्ये न्यू इन्कग्निटो विन्डोमा छनोट गर्ने । र, नयाँ आएको ब्राउजरमा मेरो सेयरको वेवसाइट लिंक टाइप गरि मेरो सेयर प्रयोग गर्न सकिने सिडिएसले जनाएको छ ।

कसरी खोल्ने प्राइभेट विन्डो ?
प्राइभेट विन्डो मोजिला फायरफक्स वा अन्य कुनै ब्राउजरबाट खोल्न मिल्छ । पहिलो उक्त ब्राउजर खोल्ने र ब्राउजरको एड्रेस बारको सबैभन्दा दायाँ भागमा रहेको बटमा क्लिक गनुपर्छ । मोजिला फायरफक्सको हकमा तीन वटा तेश्रो धर्का भएकोमा क्लिक गर्ने । (अर्थात कन्ट्रोल प्लस सिफ्ट प्लस पी एकैपटक दाब्ने) । त्यसपछि आएको अप्सनमध्ये न्यू इन्कग्निटो विन्डोमा छनोट गर्ने । र, नयाँ आएको ब्राउजरमा मेरो सेयरको वेवसाइट लिंक टाइप गरि मेरो सेयर प्रयोग गर्न सकिने सिडिएसले जनाएको छ ।

सम्बन्धित समाचार

मेरो सेयरमा थपियो दुई वटा अत्याधुनिक सर्भर, आईपीओ भर्न छुट्टै वेबसाइट होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.