रञ्जितराज आचार्यको संयोजकत्वमा स्टार्टअप समिति गठन, नयाँ उद्यमकाे साेच भएकालाई पुँजीको अभाव नहुने

  २०७७ चैत ९ गते १९:०६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले स्टार्टअप तथा इनोभेसन सम्बन्धि गठन गरेको छ । महासंघले महासंघका कार्यकारिणी सदस्य रञ्जितराज आचार्यको संयोजकत्वमा स्टार्टअप तथा इनोभेसन समिति गठन गरेको हो ।

स्टार्टअपहरूको प्रवद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्न समिति गठन गरिएको महासंले जनाएको छ ।

महासंघमा स्टार्टअप तथा इनोभेसन समिति पहिलो पटक गठन भएको हो । समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, महासंघले आर्थिक रुपान्तरणमार्गचित्र मार्फत अगाडी सारेको प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने, स्टार्टअप/उद्योग व्यवसायको वारेमा अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोंचसहितको उद्यमशीलता प्रवद्र्धन गर्न लगायतका कामहरु गर्ने सभापति आचार्यले बताए ।

उनका अनुसार उद्योग मन्त्रालय अन्तरगत लगानी प्रवद्र्धन महाशाखासंगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयां सोच सहित केही गर्न अघि सरेका नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढन आवश्यक पूंजी लगानी स्वरूप जुटाईसहयोग गर्ने लगायतका महत्वपूर्ण कार्य समितिले गर्नेछ ।

आचार्य सभापति रहेको समितिमा सिद्धराज पाण्डे र सुमन शाक्य उपसभापति रहेका छन् । समिततिको सदस्यहरुमा दिपेन्द्र चौलागाइँ, सुमना श्रेष्ठ, निरज खनाल, मौसमी श्रेष्ठ, स्वर्ण ताम्राकार, प्रकाशदेव पालिख, रविराज जोशी र तेन्जिङ सोनम गोन्सार रहेका छन् ।

यस्तै, समितिको सल्लाहकारमा अनिल चित्रकार, ओम राई भण्डारी र सौरभ ज्योती रहेका छन् । नविन सोचमा आधारित रहेर उद्यम गरीरहेका ५० वटा स्टार्टअप/उद्योग व्यवसायहरूको व्यवसायिक सफलताका लागि समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत ५० लगानीकर्तासंग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको समितको भनाई छ ।

यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने छ । यसमा आवेदन दिन चाहने स्टार्टअप/उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सो भन्दा बढी संचालनमा आएको हुनुपर्नेछ। आवेदन सवै क्षेत्र(जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा )का लागि खुला गरिने छ ।

सम्बन्धित सामग्री

स्टार्टअपको आइडिया छ ? अब पुँजी जुटाउने र उद्यम सिकाउने काम एफएनसीसीआईको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.