शाइन रेसुङ्गाको बैंकिङ सेवा अब काठमाडौंमा पनि, एकैदिन उद्घाटन गर्यो ५ नयाँ शाखा

  २०७७ चैत ८ गते १९:२०     विकासन्युज

काठमाडौं । रुपन्देहीको बुटलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो सेवा काठमाडौंमा पनि विस्तार गरेको छ । बैंकले काठमाडौंको ५ ठाउँमा शाखा विस्तारै गर्दै थप सेवा प्रदान गर्ने भएको हो ।

बैंकले आज (चैत ८ गते) काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड,कलंकी, गोंगबु र महाराजगञ्जको ५ नयाँ शाखाको एकैदिन उद्घाटन गरेको छ ।वित्तीय पहुँच र ग्रामिण बैंकिङलाई उच्च प्राथमिकतामा राखेर बैंकले अब क्षेत्रलाई संघिय राजधानी काठमाडौंसँग आर्थिक कारोबारमा जोड्ने बताएको छ ।

वि।स। २०६५ साल फागुन ११ गतेबाट ३ जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रूपमा शाइन डेभलपमेन्ट बैंकले बैंकिङ्ग कारोबार शुरू गरेको थियो । त्यसपछि २०६९ चैत ४ गते गुल्मी जिल्लामा रहेको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेर शाइन रेसुङ्गा विकास बैंक नामको नामबाट बैंकिङ्ग सेवा दिएको थियो । त्यसपछि २०७३ साल जेठ २९ गते प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई मर्जर गरी व्यवसायिक क्षमता विस्तार गर्दै ग्राहकलाई थप सेवा दिँदै आएको छ ।

विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ६५ जना संस्थापकको ६ करोड चुक्ता पुँजीबाट हाल यस बैंकको ४ अर्ब पुँजी, ४ लाख बढी ग्राहक, ३३ अर्ब निक्षेप, ३१ अर्ब कर्जा, ८ सयभन्दा बढी कर्मचारी र ८० वटा शाखा सञ्जाल रहेको बैंकले जनाएको छ ।

वित्तीय पहुँच र ग्रामिण बैंकिङलाई उच्च प्राथमिकतामा राखेर बैंकिङ सेवा दिने योजना बैंकको रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.