अर्घाखाँची सिमेन्टद्धारा निर्माण विज्ञहरुलाई आवास निर्माण तालिम

<p>काठमाडौं । अर्घाखाँची सिमेन्टले शनिबार कपनको फैकामा निर्माण विज्ञ तथा व्यवसायीसँग तालिम तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ८० जना निर्माण विज्ञ तथा व्यवसायीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री  स्टिल सम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्रिया कार्यक्रम संचालन गरेकाे कम्पनले जानकारी दिएकाे छ । कार्यक्रमलाई सम्बोधन [&hellip;]</p>

काठमाडौं । अर्घाखाँची सिमेन्टले शनिबार कपनको फैकामा निर्माण विज्ञ तथा व्यवसायीसँग तालिम तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

८० जना निर्माण विज्ञ तथा व्यवसायीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री  स्टिल सम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्रिया कार्यक्रम संचालन गरेकाे कम्पनले जानकारी दिएकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँची सिमेन्ट तथा श्री स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई मजबुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनिय भूमिका हुने बताउँदै निर्माण व्यवसायीहरुलाई सो अभियानमा सघाउन आग्रह गरे ।

उनले मानिसले घर बनाउँदा आफू र आफ्नाे परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरिय निर्माण सामाग्रीको चयनमा निर्माण व्यवसायीहरुले ध्यान दिन आवश्यक रहेकाे बताए ।

कम्पनीले कार्यक्रममा लक्कि ड्रमार्फत तीनजना भाग्यशाली निर्माण व्यवसायीहरुलाई आकर्षक उपहारहरुको वितरण गरेको थियो ।यसैगरी गत साता अर्घाखाँची सिमेन्टले काठमाडांैको पेप्सीकोला र ललितपुरको महालक्ष्मी स्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो ।

 

Share News