सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी गरेको तीन महिनामै ३५% लाभांश पाइने, मूल्य कति ?

  २०७७ चैत ४ गते १२:०४     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेकाे प्राथमिक सेयर (आईपीओ)मा लगानी गरेकाे तीन महिनाभित्रै लगानीकर्ताले ३५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आज (चैत ४ गते) बुधबार बिक्री प्रबन्धक नियुक्त गर्ने कार्यक्रममा लगानीकर्तालाई १० प्रतिशत बोनस र २५ प्रतिशत नगद गरि ३५ प्रतिशत लाभांश वितरण गर्ने जनाएकाे हाे ।

कम्पनीले बुक बिल्डिङ्ग मार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्तालाई र ८ लाख कित्ता जिल्लाबासीलाई र ३ लाख कित्ता कर्मचारीलाई छुट्याइएको र बाँकी रहेको २५ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने कम्पनीले जनाएको छ ।

बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको कम्पनीको सेयर मूल्य न्युनतम प्रतिकित्ता ७५० रुपैयाँ ताेकिएकाे छ । तर, अन्तिम मूल्य भने संस्थागत लगानीकर्ताद्वारा मूल्य तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य निर्धारण हुने छ । कम्पनीका अनुसार सर्वसाधारणको लागि १० प्रतिशत कम अर्थात प्रतिकित्ता ६७५ रूपैयाँमा सेयर जारी हुने छ ।

कम्पनीले तोकेको मूल्यको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ ।

सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । त्यस्तै, सह बिक्री प्रबन्धकमा पनि दुई क्यापिटल (एनआईबिएल एस र प्रभु)लाई नियुक्त गरेको हो ।

नेपालको इतिहासमै पहिलो पटक कम्पनीले नयाँ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेकाे छ । उक्त सेयर निष्काशन गर्ने प्रक्रियालाई कम्पनीले अन्तिम चरणमा पुर्याएको छ । सम्भवतः कम्पनीले चैत महिना भित्रै सेयर जारी गर्ने छ ।

सम्बन्धित समाचार

सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु 

सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.