सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु 

  २०७७ चैत ४ गते १०:५३     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आज(चैत ४ गते) एक कार्यक्रमबीच बिक्री प्रबन्धकमा ग्लोबल आईएमईलाई नियुक्त गरेको हो ।

त्यस्तै, कम्पनीले सह बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको हो । ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्ने पाउनेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् ।

रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने भएकाे हाे । सर्वोत्तमले ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको हो । ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्नेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् ।

तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपीओ जारी गर्न लागेको छ । अहिलेसम्म प्रतिकित्ता अंकित मूल्य (सामान्यतः प्रतिकित्ता सय रुपैयाँ) मा र प्रिमियम मूल्यमा आइपिओ जारी हुँदै आएकोमा सर्वाेत्तमले भने बुक विल्डिङ प्रक्रियाबाट आइपीओ जारी गर्न लागेको हो ।
सम्बन्धित समाचार

सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.